अछाम – नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री Ambika Chalune ले मुलुकका हरेक परिवर्तन र विकास प्रक्रियामा नेपाली काङ्ग्रेसको महत्त्वपूर्ण भूमिका रहने गरेको बताएका छन्।
चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले देशका ठूला राजनीतिक परिवर्तनमा कांग्रेस सधैं अग्रपंक्तिमा उभिँदै आएको उल्लेख गरे। जहानिया राणा शासनको अन्त्यदेखि सशस्त्र संघर्षमा रहेको माओवादी शक्तिलाई शान्ति प्रक्रियामा ल्याई देशलाई स्थायित्वको मार्गमा अग्रसर गराउने कार्यसमेत कांग्रेसकै नेतृत्वमा सम्भव भएको उनले दाबी गरे।
चलाउनेले मुलुकको विकास र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि नेपाली काङ्ग्रेस बलियो हुन आवश्यक रहेको बताए।
आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार Pushpa Bahadur Shah तथा समानुपातिक उम्मेदवार टेकबहादुर बिकलाई विजयी गराउन उनले मतदातासँग अपिल गरे।






















प्रतिक्रिया