मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरोमा परेकाहरुको उदारका लागि रामारोशनमा हेलिकप्टर आउदै

बाढी पहिरोमा परेकाहरुको उदारका लागि रामारोशनमा हेलिकप्टर आउदै


अछाम – जिल्लाको रामारोशन गाउपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ शब् भेटिएको छ । हिजो राति परेको अबिरल बर्षाले गर्दा आएको बाढिले रामारोशन गाउपालिका वडा नम्बर ५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको लास कैलासको विभिन्न स्थानमा भेटिएको हो ।

४ जनाको लास बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानिय देबेन्द्र थापाले बताए । यस्तै २ जनाको लास मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको त्यही स्थलमा खटिएका स्थानिय प्रकाश कुवरले जानकारी दिए ।

जनप्रतिनीधी, प्रहरी प्रशासन, स्थानिन उद्धारकर्मिको टोलि यतिबेला सैनिबजारमा उद्धारका लागि गईसकेको रामारोशन गाउपालिकाका अध्यक्ष झँकर बहादुर साउदले बताए।

जिल्लाबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले चाडै उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको भनाई छ । भर्खरै प्राप्त जानकारी अनुसार थप उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर सुर्खेत बाट उडेको छ।

नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको सुदूरपस्चिम प्रदेश सरकारमा अर्थ मन्त्री झपट बहादुर बोहराले सामाजिक संजाल मार्फत जानकारी गराएका छन्।

नेपाली सेनाको हेलिकपटर सुर्खेतबाट अछाममा बाढी र पहिरो पिडितको राहत र उद्दार लागी सो क्षेत्र तिर जादै।। सबै तह र निकायलाई राहत र उद्दारमा रहन निर्देशन।।

Posted by Jhapat Bahadur Vohra झपट बहादुर वोहरा on Tuesday, August 18, 2020