कैलाली : जिल्ला सदरमुकाम धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रका दुई समूहबीच हात हालाहाल भएको छ।
धनगढीस्थित सुदूरपश्चिम प्रदेश कमिटीको कार्यालयमा केपी शर्मा ओली समूह र माधव नेपाल समूहका कार्यकर्ताबीच हात हालाहाल भएको हो।
पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका छन्।
उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका हुन्।
यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका छन्।






















प्रतिक्रिया