अछाम : नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तत्कालीन नेकपामा प्रबेश भएको तस्बीर सार्वजनीक भएको छ । बान्निगढी जयगढ गाउँपालीका वडा नं ३ का वडा अध्यक्ष कुल बहादुर सेठ्ठी तत्कालीन नेकपाका नेता हाल नेकपा एमालेका उपाध्यक्ष भिम रावलबाट टिका ग्रहण गरिरहेका देखिन्छ । साथमा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर र तत्कालिन नेकपाका सचिव झपट साउद समेत रहेका छन ।
तस्बीर केहि महिना अघिको भएको बुझीएको छ, त्यसै बेला प्रेस युनियन अछामका कार्यवाहक अध्यक्ष धनराज साउँद समेत नेकपा एमालेका उपाध्यक्ष भिम रावलको हातबाट टीका ग्रहण गर्दै तत्कालीन नेकपा प्रबेश गरेका थिए ।
सेठ्ठी प्रेस युनियन अछामका कार्यवाहक अध्यक्ष धनराज साउँद सँगै नेकपा प्रबेश गरेका बेला नै नेकपा प्रबेश गरेका तर नेपालको संबिधान अनुसार कुनै राजनितीक दलबाट निवार्चीत जनप्रतिनीले अर्को राजनितीक दल प्रबेश गरे स्वत पद खारेजी हुने ब्यवस्था भएको हुदाँ फोटो सार्वजनीक नभएको बताईएको छ । तर नेकपा भंग एमाले समेत दुई कित्तामा रहेको र आन्तरिक कलहका कारण उनको तस्बीर सार्वजनिक भएको बुझाई छ ।
उनिहरु प्रबेश गरेको बेला हाल प्रधानमन्त्री केपि ओलीले नेतृत्व गरिरहेको नेकपा एमाले र पुष्प कमल दाहलले प्रचण्डले नेतृत्व गरिरहेको माओबादी केन्द्र एकता भएर बनेको नेकपामा प्रबेश गरेका थिए । अदालतले नेकपा एमाले र माओबादी केन्द्रलाई पुरानै अवस्थामा फर्काईदिएको छ भने नेकपा एमाले समेत दुई कीत्तामा उभिएको बेला उनीहरु कुन तिर छन भन्ने खुल्न आएको छैन ।






















प्रतिक्रिया