काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकाहरूप्रति कस्तो व्यवहार गर्ने भन्ने विषयमा टिप्स दिएका छन्। नेपाल खेलकुद महासंघ र काठमाडौं महानगरले संयुक्त रूपमा आयोजना गरेको खेल नीति सम्मेलनको उद्घाटनका क्रममा खेलाडी र बालबालिका उस्तै टिप्पणी गर्दै अभिभावकलाई टिप्स दिएका हुन्।
‘तपाईंहरूलाई म एउटा कुरा भन्छु। बच्चालाई बदमास छ भन्ने होइन। ज्ञानी छ भन्नुस्, अवश्य पनि ज्ञानी हुन्छ,’ उनले भने, ‘बदमास छ भनेपछि ऊ कसरी ज्ञानी हुन्छ? यो बदमास छ भन्नभयो भने तत्कालै ग्लास फुटाइदिन्छ, त्यहीँ देखाइदिन्छ उसले। खेलाडीमा पनि यस्तै हो।’
घरमा पनि बालबालिकालाई कुनै हिसाबमा झुटो यसले बोल्दैन भन्नुस्। उसले झुटो बोल्दै बोल्दैन। तर बालबालिकाका कमजोरी सजाय दिएर केही फाइदा छैन। सम्झाउनुस्। ऊ सम्झिन्छ, सच्चिन्छ। गल्तीलाई हृदयंगम गर्छ,’ ओलीले बालबालिकाप्रति गर्नुपर्ने व्यवहारबारे बताए।
आफूहरूले अब बालबालिकालाई विद्यालय तहदेखि नै छनौट गरेर ल्यानेसमेत उल्लेख गरेका थिए। आफूहरूले खेलकूदमा पर्याप्त लगानी गर्न नसकेको बताउँदै उनले बाली नलगाई फल मात्र आश गरेर मात्र नहुने बताएका थिए। ‘हामीले हाम्रा खेलाडीलाई सक्षम बनाउन नसकेका हौँ। बाली नै नलगाई फल मात्र आश गरेर कहाँ हुन्छ र?’






















प्रतिक्रिया