मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको बीमा, भविष्यको सहारा : प्रदेश प्रमुख साउँद

आजको बीमा, भविष्यको सहारा : प्रदेश प्रमुख साउँद


टेकराज भण्डारी
पौष १०, अछाम

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख गणेश बहादुर साउँदले आजको बीमा भविष्यको सुरक्षित सहारा हुने बताउनुभएको छ।

अछामको साँफेबगरमा आयोजित प्रदेशस्तरीय अभिकर्ता सम्मान तथा मोटिभेसनल कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश प्रमुख साउँदले बचत र जोखिम बहनका लागि बीमा अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले हरेक व्यक्तिले आफ्नो भविष्य सुरक्षित गर्न बीमा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा कम्पनीका विभिन्न बीमा योजना, हालको अवस्था, बीमितलाई उपलब्ध गराइने सेवा–सुविधा लगायत विषयमा विस्तृत जानकारी गराइएको थियो।

सो अवसरमा गत वर्ष एजेन्सी म्यानेजर बन्न सफल विभिन्न एजेन्सी म्यानेजर तथा अभिकर्तालाई सम्मान गरिएको थियो भने विभिन्न स्किमहरू पनि प्रदान गरिएको थियो।

एशियन लाइफ साँफेबगर शाखा प्रमुख पूर्ण बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मंगलसेन शाखा प्रमुख विकास पण्डितले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन एशियन लाइफ साँफेबगरका अपरेसन म्यानेजर इन्द्र धामीले गर्नुभएको थियो। कार्यक्रममा मंगलसेन शाखाका अपरेसन इन्चार्ज गोपाल केसीसहित अछाम जिल्लाका विभिन्न स्थानबाट करिब ३० जना एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको सहभागिता रहेको थियो।