मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका दुईवटै निर्वाचन क्षेत्रमा १६ जनाको मनोनय दर्ता

अछामका दुईवटै निर्वाचन क्षेत्रमा १६ जनाको मनोनय दर्ता


अछाम : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं. २ मा ८ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।

नेपाली काँग्रेसका पार्टी सभापति पुष्प बहादुर शाह,  नेकपा एमालेबाट केन्द्रीय कमीटी सदस्य यज्ञबहादुर वोगटीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट बलबहादुर कुँवरले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले नेपाली काँग्रेस परित्याग गरेर नेकपावाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाह, राप्रपाका मिन वहादुर शाही, नेकपा माओवादीका शेरबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीका झंकरबहादुर  शाही र प्रलोपा बाट पुस्प न्यौपानेले उमेदवारी  दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाकारी दिएको छ ।

उमेदवारहरु बाजागाजका साथ उमेदवारी दर्ता गराउन पुगेका थिए भने केही पार्टीहरुले एकदुईजना मात्रै गएरपनी उमेदवारी दर्ता गराएका थिए ।

यस्तै अछाम क्षेत्र न १ मा नेपाली कांग्रेसका पुर्व जिल्ला पार्टी सभापति भरतकुमार स्वाँर,नेपाली कम्युनिष्ट पार्टीका भीमबहादुर रावल,नेकपा एमालेका दिपक साउद ,राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल,नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाही,राष्टिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर शाह,नेकपा माओवादीका राजेन्द्र कुँवर,स्वतन्त्र भीम कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।