नेकपा एमाले अछाम क्षेत्र न २ का उमेदवार यज्ञबहादुर बोगटीले घरदैलो कार्यक्रमलाई तिव्रता दिनुभएको छ ।
हिजो बाट सुरूभएको घरदैलो कार्यक्रम अन्तर्गत आज पालिकाको सबैभन्दा विकट वडा वडा न १३ का विभिन्न टोलहरूमा घरदैलो गर्नुभएको छ ।
बस्तीको बाडा टोल, खन्टाल्ला, बिजडा , बुढाबाडा लगायतका टोलहरूमा घरदैलो कार्यक्रम गरिएको एमाले जिल्ला कमिटी सदस्य एवं वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीले जानकारी दिनुभएको छ ।
घरदैलो अभियान निकै राम्रो भईरहेको र जनतामा उत्साह देखिएको नेता बोगटीले बताउनुभयो । एमाले प्रति गाउँमा निकै राम्रो माहोल रहेकाले यसपालिको निर्वाचनमा एमालेको जित निश्चित जस्तै भएको उहाँको भनाइ छ ।
अभियानका क्रममा उमेदवार बोगटीले स्थानीय नागरिकहरू संग उनीहरूका समस्या र मागका बारेमा छलफल समेत गर्नुभएको छ ।
घरदैलो कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भिम जनाला, एमाले अछामका पुर्व सचिव भिम रावल (कालोटोपी)
जिल्ला कमिटी सदस्य भिम राना, भक्त बोगटी, गोपाल बोगटी, गंगा थापा, तेज बहादुर थापा, एमाले नगरकमिटी अध्यक्ष डम्बर रावल, एमाले नेता देबेन्द्र बोगटी, प्रशान्त राना, पत्रकार एकेन्द्र बहादुर थापा लगायतको सहभागीता रहेको छ ।






















प्रतिक्रिया