मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम–२ मा कांग्रेस उम्मेदवार पुष्प शाह: अधुरा काम पूरा गर्ने प्रतिबद्धता

अछाम–२ मा कांग्रेस उम्मेदवार पुष्प शाह: अधुरा काम पूरा गर्ने प्रतिबद्धता


अछाम । प्रतिनिधि सभा क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कांग्रेस अछामका सभापति पुष्प बहादुर शाहले अघि सुरू गरेका विकास निर्माणका अधुरा काम पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

शाहले भने, “२ नम्बर क्षेत्रका सबै ठाउँमा सुरु भएका विकास निर्माणमा बजेट विनियोजन भइसकेको छ, ती कामलाई पूर्णता दिनु मेरो मुख्य उद्देश्य हो। म चुनाव जित्न झुटा आश्वासन दिन चाहन्न, जति गर्न सक्छु त्यति नै जनतालाई प्रतिबद्ध छु।”

भाद्र २३ गतेको जेन्जी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन भएपछि पुरा कार्यकाल काम गर्न नपाएको उनले बताए। “यसपटक अधुरा काम पूरा गर्नु अवश्यक छ। समग्र देशले पनि विकास र परिवर्तनको अपेक्षा राखेको छ, र म कांग्रेस बदलिएर देश बदल्न चुनावी मैदानमा आएको हुँ,” उनले थपे।

उनी अझ भन्छन्, “मैले आफ्नो जीवनको उर्जावान समय राजनीति मार्फत अछाम जिल्लाको समग्र विकास र समाजसेवामा खर्चेको छु। जनताले त्यसलाई बुझ्नेछन् र मलाई मत दिएर विजयी बनाउनेछन्। चुनाव जितेपछि जिल्ला केन्द्रित भएर अघि बढेका काम पुरा गर्नेछु।”

पुष्प शाहका चुनावी प्रतिवद्धताहरू (सारांश)

विकास र पूर्वाधार:

  • जिल्लामा सुरु भएका विकास निर्माणका काम पूरा गर्ने।
  • सडक, पुल, साना जलविद्युत, पानी, स्वास्थ्य, शिक्षालय र सरसफाइको काममा विशेष पहल।
  • मंगलसैन–चित्रे–सेती लोकमार्ग, मध्यपहाडी राजमार्ग र विमानस्थल जस्ता प्रमुख पूर्वाधारमा सुधार।

शिक्षा र स्वास्थ्य:

  • निशुल्क, गुणस्तरीय, रोजगारमूलक शिक्षा सुनिश्चित।
  • दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा, विशेषज्ञ डाक्टर र जटिल रोगको व्यवस्थापन।

कृषि, रोजगारी र युवा:

  • आधुनिक कृषि र पशुपालन प्रवर्द्धन।
  • युवाहरूको रोजगारी सिर्जना र खेलकुदको विकास।
  • प्रवासमा रहेका अछामीलाई स्वदेशमै रोजगारीको अवसर।

सामाजिक परिवर्तन:

  • जातीय छुवाछुत, छाउपडी, घरेलु हिंसा, बालविवाह, र सामाजिक विकृति अन्त्य।
  • महिला सशक्तिकरण र सामाजिक समानताको प्रवर्द्धन।

संस्कृति र पर्यटन:

  • अछामी भाषा, लोकसंस्कृति, कला–साहित्यको संरक्षण।
  • रामारोशन, खप्तड लगायतको पर्यटन र धार्मिक क्षेत्रको विकास, प्रचार–प्रसार र राष्ट्रिय स्तरमा संरक्षण।

सार्वजनिक प्रतिवद्धता:

  • जनताको सुझाव संकलन गरी नीति निर्माणमा प्रतिबद्ध।
  • भ्रष्टाचारविरुद्ध सडकदेखि संसदसम्म सशक्त आवाज।
  • स्थानीय विकास र जनताको सधैं प्राथमिकता।