मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी संचालन

अछाममा जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी संचालन


टेक राज भण्डारी, अछाम : अछाम जिल्लामा जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी संचालन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी अछामको आयोजनामा सुरु भएको गोष्ठीको शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हाे ।

नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्न प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति संयोजक यज्ञबहादुर बुढा प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बुढाले मावन सेवामा अनवरत रुपमा डटेर खटी रहने संस्था भनेकै रेडक्रस भएकाले यसको जति प्रशंसा गरेपनि कमै हुने बताउनुभयो ।

जब देशमा विभिन्न किसिमका विपद्हरु आउँछन्, आम नागरिकको सेवामा रेडक्रस पहिलाे स्थानमा हुने भएकाले अछाम जिल्लामा पनि यो संस्थाले निकै राम्रो काम गरेको बताउनुभयो । विद्यार्थी तथा युवाहरुलाई नैतिकवा र चरित्रवान बनाउने काम पनि यो संस्थाले गर्दै आएकाे उहाँको भनाई छ ।

पछिल्लो समयमा लागू औषधका घट्नाहरु दिन प्रतिदिन बढ्दै गएकाले यसतर्फ पनि ध्यान दिन सुझाव दिनुभएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै नेपाल रेडक्रस सोसाइटीका पुर्व केन्द्रीय सदस्य तथा षोडशादेवि माध्यामिक विद्यालयका प्रधानाध्यापक बृकेश सिंह बोगटीले नेपाल रेडक्रस सोसाइटी अछामले अछाम जिल्लाका हरेक अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएकाे बताउनुभयो ।

भुकम्प र कोरोनाको महामारी फैलिएको बेला पनि रेडक्रसले अग्रपंक्तिमा रहेर काम गरेको भन्दै जसरी देश संघियतामा गयाे, त्यसैगरि यसलाई वडा तथा टोल स्तर सम्म बिस्तार गरेर लैजानु अहिलेको आवश्यक्ता रहेको उहाको भनाई छ ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी केन्द्रीय कार्यालयका उपनिर्देशक अमरमणी पाैडेल, अमेरिकी रेडक्रसका नेपाल प्रतिनिधि हरिबहादुर कार्की, शिक्षक नायक गणेश प्रसाद रेग्मी, षाेडशा माविका जुरेस सभापति लक्ष्मी शाही लगायतल शुभकामना मन्तब्य राख्नुभएको थियाे ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसकारी संघ संस्थाका प्रमुख, सुरक्षा निकाय लगायत जिल्लाभरका  शिक्षक, युवा तथा जुनियर रेडक्रस सर्कलका सदस्यहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन पछि विपद् र यसबाट हुने क्षति न्यूनीकरणका बारेमा बृहत रुपमा छलफल गरिएको छ भने  लागुऔषध, सडक दुर्घट्ना तथा लागु औषध दुव्र्यसनी रोकथाम लगायतका विषयमा अभ्यास सहित कृयाकलपाहरु गरिएको छ । 

सोही अवसरमा रेडक्रस अभियानको परिचय, जुरेस, युरेस गठन प्रक्रियाका बारेमा जानकारी गराईएको थियो । गोष्ठी फागुन २ गते सम्म चल्ने बताईएको छ ।

जिल्ला उपसभापति खडक बहादुर खड्काको स्वागत मन्तव्य बाट सुरुभएको उद्घाटन सत्रको संचालन जिल्ला जुनियर तथा युवा रेडक्रस समिति संयोजक धनकुमार केसीले गर्नुभएको थियो ।