अछाम ः नेपाली काग्रेसका उपसभापति विश्वप्रकाश शर्मा अछाम आउने भएका छ्न ।
यहि फागुन १६ गते अछामको साँफेबगर र कमलबजारमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्न उपसभापति शर्मा अछाम आउने भएका हुन् ।
पहिले साँफेबगर र त्यसपछि कमलबजारमा हुने आमसभालाई उपसभापती शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस अछामले जनाएको छ ।
नेपाली काग्रेस अछाम –१ र क्षेत्र नं. २ का कार्यसमितिको आयोजनामा हुने बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको क्षेत्र नं. २ का क्षेत्रिय सभापती पुष्पराज शर्माले बताए ।
फागुन २१ गतेहुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काग्रेस अछाम–१ बाट भरतकुमार स्वाँर र क्षेत्र नं. २ बाट पुष्प बहादुर शाह उम्मेदवार रहेका छ्न् भने समानुपातिक उम्मेद्धवारमा टेक बहादुर बिक रहेका छन् ।






















प्रतिक्रिया