मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाल्पा माबीको बिव्यास अध्यक्ष नम बहादुर बिष्ट चयन

जाल्पा माबीको बिव्यास अध्यक्ष नम बहादुर बिष्ट चयन


अछाम ः जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ स्थित जाल्पा माध्यामिक बिद्यालय मुंग्राचौरको बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नम बहादुर बिष्ट चयन भएका छन् ।

शनिबार सम्पन्न बिद्यालयको औँ अभिभावक भेलाले बिष्टलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । समितिमा ७ जना सदस्य रहेका छन् ।

बिब्यास अध्यक्षमा चयन भएपछि बिष्टले बिद्यालयको सर्वागिंण विकासका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । बिद्यालयको शैक्षिक, भौतीक र अन्य विकासका लागि सबै ठाँउमा पहल गर्ने उनले बताए ।

यस्तै सबैसंग सहकार्य, समन्वय गर्दै बिद्यालय सुधारका लागि लाग्ने उनको भनाई छ । बिष्टले सोही बिद्यालयमा कक्षा १ देखि ७ सम्म अध्ययन गरेका थिए ।

यस्तै भेलाले भोज बहादुर शाहीको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।