घाइतेको उद्धार गर्दै नेपाली सेना
काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ।
बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदिप गिरीका अनुसार ५ जना बालक, २ महिला र ४ जना पुरुषको शव भेटिएको हो।
बेपत्ता भएका भनिएका ३८ जनामध्ये २७ जना अझै बेपत्ता नै छन्। उनीहरुको खोजी कार्य जारी राखिएको छ। आज बिहान गएको पहिरोले ३७ घर पुरिएका हुन्। बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधीहरु र स्थानीय खटिएका छन्।
शव भेटिएका ११ जनाको सनाखत भने हुन सकेको छैन। पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
चार जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ भने एक जना घाइतेलाई काठमाडौंको सिभिल अस्पताल ल्याइएको छ।




















प्रतिक्रिया