काठमाडौं । कोरोना भाइरसको उच्च जोखिममा कैलाली देखिएको छ । कैलालीमा मात्रै ४ र कञ्चनपुरमा एकजना कोरोना संक्रमित छन् । ३ जना अन्य मुलुकबाट आएका नेपाली हुन् भने दुईजना देशभित्रै रहेकामा कोरोना देखिएको हो । सबैलाई सेती प्रादेशिक अस्पतालमा राखेर उपचार गरिँदै छ । एकातिर भारतलगायत अन्य मुलुकबाट आएकामा कोरोना भाइरसको संक्रमण देखिनु र अर्कोतिर…