काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार तीन सयजनाको पीसीआर गरिएकामध्ये ४३० जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख…