काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १४ हजार ४७१ रहेको छ।…