काठमाडौं– नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने भएको छ। पार्टी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको पदाधिकारी बैठकले १३ जिल्लामा देखिएका विवाद आजै टुंग्याउने सहमति गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। ‘१३ जिल्लाको क्रियाशील सदस्यता आजै टुंगो लाग्छ। दसैंअगाडि नै यी जिल्लामा वडा अधिवेशन भइसक्छ,’ महतले भने, ‘वडा अधिवेशन सकिएका हिमाली जिल्लामा भने दसैंअगाडि…