वासिंटन- संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत मानिससँग मोबाइल फोन भएको देखाएको छ। 'मोबाइल फोन इन्टरनेट प्रयोगको लागि सबैभन्दा सहज ढोका हो। मोबाइल फोन स्वामित्वको…