काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश एकले कर्णाली प्रदेशलाई हराएको छ । प्रदेश एकले कर्णालीलाई ५९ रनले हराएर सान्त्वना जित निकालेको हो । कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको कर्णाली ३५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५६ रनमा समेटियो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रन बनाए ।…