मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिएम कप क्रिकेटमा प्रदेश एकसंग कर्णाली पराजित

पिएम कप क्रिकेटमा प्रदेश एकसंग कर्णाली पराजित


काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश एकले कर्णाली प्रदेशलाई हराएको छ । प्रदेश एकले कर्णालीलाई ५९ रनले हराएर सान्त्वना जित निकालेको हो ।

कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको कर्णाली ३५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५६ रनमा समेटियो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रन बनाए । निश्चल रावलले ३१ तथा कप्तान रविन्द्र शाहीले १८ रनको योगदान गरे ।

प्रदेश एकका मिनास थापाले पाँच विकेट लिए । त्यस्तै दीपेश कँडेलले तीन र मनोज तामाङले दुई विकेट लिए ।

प्रदेश एकका लागि कप्तान सिद्धान्त लोहनीले अर्धशतकीय पारि खेले, लोहनीले ६६ रन बनाए । कर्णालीका रविन्द्र शाहीले तीन तथा दिनेश अधिकारी र अर्जुन चुनाराले समान दुई/दुई विकेट लिए । हारपछि समूह ‘ए’ मा रहेको कर्णाली दुई अङ्कसहित तेस्रो स्थानमा छ ।