काठमाण्डाै - नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले ट्वीटरमा लेखेका छन् 'कोरोना परीक्षणको क्रममा सङ्क्रमण भएको नतिजा आएको छ । मलाई बुधबारदेखि नै शरीर दुखिरहेको थियो । तर, अहिले…