म्याग्दी : लकडाउनबाट प्रभावित यातायात व्यवसायीलाई म्याग्दी यातायात व्यवसायी प्रालिले आर्थिक सहयोग गरेको छ। चैत्रदेखि यातायात बन्द भएपछि यातायात व्यवसायी मर्कामा परेको भन्दै प्रालिले १६० जना व्यवसायीलाई प्रतिव्यवसायी सात हजार ५०० रुपैयाँ राहत वितरण गरेको हो। म्याग्दी यातायात व्यवसायी सञ्चालक समितिका अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले लकडाउनबाट प्रभावित व्यवसायीहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको…