मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनबाट प्रभावित यातायात व्यवसायीलाई आर्थिक सहयोग

लकडाउनबाट प्रभावित यातायात व्यवसायीलाई आर्थिक सहयोग


म्याग्दी : लकडाउनबाट प्रभावित यातायात व्यवसायीलाई म्याग्दी यातायात व्यवसायी प्रालिले आर्थिक सहयोग गरेको छ।

चैत्रदेखि यातायात बन्द भएपछि यातायात व्यवसायी मर्कामा परेको भन्दै प्रालिले १६० जना व्यवसायीलाई प्रतिव्यवसायी सात हजार ५०० रुपैयाँ राहत वितरण गरेको हो।

म्याग्दी यातायात व्यवसायी सञ्चालक समितिका अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले लकडाउनबाट प्रभावित व्यवसायीहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो।

कोरोना त्रास र लकडाउनका कारण तत्काल सार्वजनिक यातायात सञ्चालनको सम्भावना नभएकाले वित्तीय संस्थाको किस्ता साथै व्यवसायी नै पलायन हुने अवस्थामा पुगेको प्रालिका सचिव सुमन श्रेष्ठले बताए।