बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहिबार जिल्ला अस्पतालबाट कोहलपुर लैजाने क्रममा मृत्यु भयो। भारतको तमिलनाडुबाट चैत २९ गते घर फर्किएका ती व्यक्तिलाई अक्सिजन सपोर्टमा राखेर उपचार गरिँदै आएको थियो। तर अवस्था खराब भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखिएको थियो। जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर भएपनि चलाउने जनशक्ति नहुँदा…