काठमाण्डाै - जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको २६ औँ सम्मेलन कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतकाे लण्डन पुग्नु भएकाे छ । प्रधानमन्त्री नेतृत्वकाे २० सदस्यीय प्रतिनिधिमण्डल स्कटल्यान्डमा रहेकाे ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने क्रममा गएराति लण्डन पुगेकाे हाे । प्रधानमन्त्री देउवा हिजाे बिहान काठमाण्डाैबाट कतार एयरवेजको विमानद्वारा…