काठमाडौं- मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ। अन्य २८ जना बेपत्ता छन्। सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा खसेको छ। त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिए। बेपत्ता भएकाको खोजी जारी…