यस्तै कठिन घड़ीमा परोपकारी मनहरूको खाँचो छ : कार्यकारी निर्देशक कलौनी
पूर्ण बहादुर खड्का
चैत्र २४ अछाम – समाजसेवी कृष्ण कुवँरले बयालपाटा अस्पतालको लागि ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेसंगै न्याय हेल्थ नेपालले कुवँरलाई धन्यबाद ज्ञापन गरेको छ ।
संस्थाका कार्यकारी निर्देशक एसपी कलौनीले यस सहयोगको लागि समाजसेवी कुँवरलाई विशेष धन्यवाद ज्ञापन गर्दै कठिन घड़ीमा यस्तै परोपकारी मनहरूको खाँचो रहेको औंल्याउनु भयो ।
संस्थालाई दिर्घकालिन रुपमा अघि बढाउन यस्तै परोकारी व्यक्ती, संघसंस्था, स्थानिय निकाय, दातृ निकायको तर्फबाट सहयोग आवश्यक रहेको कार्यकारी निर्देशक कलौनीको भनाई छ ।
सबै क्षेत्रबाट यस्तै प्रकारको सहयोग प्राप्त भएमा संस्थालाई दिर्घकालिन रुपमा संचालन गर्न गुणस्तरिय सेवा प्रदान गर्नमा थप बल पुग्ने उहाँको भनाई छ ।
यस्तै बायलापटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले पनि समाजसेवी कुवँरले गरेको सहयोगको घोषणाका लागि धन्यवाद दिदैँ यस्तै प्रकारका सहयोगले संस्थालाई अगाडी बढाउन मद्दत पुग्ने उल्लेख गर्नुभएको छ ।
अन्य क्षेत्रबाट पनि यस्तै प्रकारको सहयोगको खाँचो रहेकाले सहयोग गर्न डाक्टर गौचनले आग्रह समेत गर्नुभएको छ । साँफेबगर निवासी कुवँरले यसअघि अस्पताललाई ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया