मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी कुवँरद्धारा बयालपाटा अस्पताललाई ५० हजार सहयोग गर्ने घोषणा

समाजसेवी कुवँरद्धारा बयालपाटा अस्पताललाई ५० हजार सहयोग गर्ने घोषणा

निशुल्क रुपमा एक दशक देखि सेवा दिएको अस्पताललाई अव जनस्तरबाट सहयोग गर्नुपर्ने बेला आयो : कुवँर


पूर्णबहादुर खड्का, २४ चैत्र अछाम ।

साँफेबगर निवासी कृष्ण कुवँरले देश नै कोरोना भाईरसका कारण जोखिममा रहेका बेला बयालपाटा अस्पतालका लागि ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

समाजसेवी कुवँरले बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीको लागि आवश्यक पर्ने सुरक्षाका सामाग्री खरिदका लागि व्यक्तीगत रुपमा ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

रेडियो साँफेबगरका निर्देशक समेत रहेका समाजसेवी कुवँरले कोरोनाका बिरुद्ध लड्न स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई सेट, एन ९५ मास्क लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदका लागि नागरिक स्तर बाट सहयोग जुटाउन बृहत अभियानको सुरुवात गरको उल्लेख गर्नुभएको छ ।

एक दशक देखि बयालपाटा अस्पतालले निशुल्क रुपमा यस क्षेत्रका जनतालाई गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको भन्दै कुवँरले अब नागरिक स्तरबाट अस्पताललाई सहयोग गर्नुपर्ने बताउनु भयो ।

अछाम लगायत सुदूरपश्चिमका बाजुरा, डोटी तथा कर्णालीका कालिकोट, दैलेख, मुगु र जुम्ला जिल्लाका समेत नागरिकलाई बयालपाटा अस्पतालले निशुल्क सेवा दिईरहेकाले अहिलेको कठिन परिस्थीतीमा अब नागरिकले अस्पताललाई सहयोग गर्नुपर्ने बेला आएको कुवँरको भनाई छ ।

नेपालमा कोरोना भाइरसको संक्रमम दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा समयमै साबधानी अपनाई पूर्व तयारी गर्नुपर्ने बेला आफुले यस्तो सहयोगी अभियानको थालनी गरको कुवँरको भनाई छ ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अस्पताल तोकेको ८५ वटा अस्पतलामा अछाम जिल्ला लाई नदर अन्दाज गरेको महसुस भएको उनले उल्लेख गरेका छन् ।

बाजुरा, डोटी, दैलेख सहित पिछडिएका क्षेत्र कर्णाली र सुदुरपश्चिमको साझा अस्पतालको रुपमा चिनिएको बयालपाटा अस्पताललाई सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अस्पतालमा राख्नुपर्ने यहाँका सरोकारवालाको माग रहेको उहाँले उल्लेख गर्नुभयो ।

सरकारले गरेको निर्णय पुर्नविचार गरि बयालपाटा अस्पताललाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अनर्तगत राख्नुपर्ने भन्दै कुवँरले अब सबैले सहयोग गरेमा यसमा थप ईटा थप्ने काम हुने उनको भनाई छ ।

कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै बयालपाटा अस्पताललाई सबैको साझा प्रयासबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अस्पताल बनाउनुपर्ने अहिले टड्कारो आवश्यकता भएको कुवँरले उल्लेख गरेका छन् ।

स्रोत साधन, दक्ष जनशक्ति र भौतिक पूर्वाधार भएको बयालपाटा अस्पताल लाई कोरोनाको रोकथाम र उपचारका लागि तयारी अवस्थामा राख्न भेन्टिलेटर, कोरोना परीक्षणका लागि आवश्यक किट सहितको उपकरणको लागि नागरिक स्तरबाट सहयोगको खाँचो रहेको कुवँरले औल्याएका छन् ।

अब सरकारको मुख ताकेर बस्नु भन्दा शुरुवात आफैबाट गरौ भन्ने सोचका साथ कोरोनोना भाइरसको रोकथामका लागि नागरिक स्तरबाट पहल गर्नुपर्ने भन्दै कुवँरले सामाजिक उत्तरदायित्वको भावनाले सुरु गर्न लागिएको यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

साथै उहाँले आफुले सुरु गरेको यो अस्पतालका लागि जनस्तरबाट सहयोगी अभियानमा जिल्ला बासी र सबैलाई सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

सामाजिक पेशामा क्रियाशिल कुवँरले समाज परिर्वतनका लागि विभिन्न समयमा यस्तै रचनात्मक काम गर्दै आईरहनु भएको छ । आफ्नो जन्म दिनमा समेत उनले कहिले अस्पताल तथा कहिले बैद्यनाथ धाम, जिल्लाका बिद्यालय र अन्य संघसंस्थालाई सहयोग गर्दै आईरहनु भएको छ । जिल्लाको खेल क्षेत्रको विकासका लागि समेत उहाँले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको छ ।