मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यवस्थापकीय कमजोरी र बढ्दो महामारी

व्यवस्थापकीय कमजोरी र बढ्दो महामारी


हिम बिश्वकर्मा

न्याय हेल्थ नेपाल अन्र्तगत संचालित चौरपाटी क्लिनिकल प्राथमिक स्वास्थ्य केन्द्रका अस्पताल प्रबन्धक हिम बिश्वकर्माले कोरोना भाईरस कोभिड १९ को बिषयलाई लिएर व्यावस्थापकिय कम्जोरी औँल्याएका छन् ।

विश्व जगतलाई आफ्नो चपेटामा लिईरहेको कोरोना भाइरस (कोभिड १९) महामारीको संक्रमणलाई नियन्त्रण गर्न, प्रभावकारी उपचार पद्धतिमा सफलता हासिल नहुँदा सम्म आम मानिसहरुलाई संक्रमणबाट जोगाउने महत्वपूर्ण औजार नै अहिले लकडाउन भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् महामारीको संक्रमणमा पर्ने बिरामीको प्रकृति नियाल्दा जुनसुकै परिचित वा अपरिचित संक्रमित व्यक्तिहरुसंग शारिरीक दूरी नजिक हुन गएमा सम्बन्धित व्यक्तिहरु यसको संक्रमण परिरहेको अवस्था देखिएको छ ।

छोटो सयममा नै, यो महामारी विश्वस्तरमा फैलनुको प्रमुख कारणहरु तपशिलमा रहेका छन

कोराना भाइरस (कोभिड १९) महामारी हो भनि समयमा पहिचान हुन नसक्नु ।
महामारी संक्रमणको प्रकृति बारे आम मानिसहरुलाई समयमा जानकारी नहुनु र उनीहरुले आफू संक्रमित भए नभएको चाल नपाई आ–आफ्नो गन्तव्यमा योजना अनुसार यात्रा गरिरहनु ।
कोराना भाइरस (कोभिड १९) एक महामारी भएको पुष्ट्याई हुँदा चीनको हुवान शहरमा आ–आफ्नो काम विशेषले बस्दै आएका र आउने–जाने गरेका मानिसहरु संक्रमणको डरले हुवान शहरबाट सक्दो छिटो बाहिरीनु ।
हुवानशहरबाट संसारभर आवत–जावत गर्ने मानिसहरुको प्रस्थान र आगमन स्थलमा स्वास्थ्य चेकजाँचमा ढिलाई हुनु ।
महामारीको केन्द्र बिन्दु रहेको चीनको हुवानशहर र यस शहर संग कुनै–कुनै रुपमा सम्बन्ध स्थापना गरी जोडिएका विभिन्न मुलुकका अन्य शहरहरुबाट आवतजावत गर्ने मानिसहरुको माध्यमबाट यो महामारी छोटो समयमा नै विश्वभरी फैलनु ।
मानिसहरुले आफूलाई महामारीको संक्रमणबाट बचाउन ज्वरो रुघा खोकी नियन्त्रण गर्ने औषधीको सेवन गरी आ–आफ्नो गन्तव्यमा सक्दो छिटो यात्रा गर्नु ।
औषधी सेवन गरी यात्रा गर्ने मानिसहरुको प्रस्थान तथा आगमन स्थलहरुमा स्वास्थ्य परीक्षण गरिदाँ स्वास्थ्य कर्मीलाई महामारी संक्रमणको कुनै संकेत फेला नपर्नु ।
आवश्यक समय भित्र महामारी प्रभावित क्षेत्रबाट आवत–जावत गर्ने मानिसहरुलाई क्वारिन्टीन गर्न नसकिनु ।
कतिपय मुलक र त्यहाँका नागरिकहरुले आ–आफ्नो देशको मजबुत स्वास्थ्य प्रणाली प्रति विश्वस्त हुदै (कोभिड १९) महामारीको सम्भावित खतरालाई वेवास्था गर्नु ।
आर्थिक अस्थीरतालाई मध्यनजर गरी ला‘कडाउन नीतिलाई कार्यान्वय गर्न ढिलासुस्ती गर्नु वा वेवास्था गरिनु ।
ला‘कडाउनलाई प्रभावकारी बनाउन सम्बन्धित देशका सरकारहरुको व्यवस्थापकीय पक्षमा केही कमजोरी हुनु र आम नागरिकहरु पनि गम्भीर नहुनु ।
स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा कवच, सुरक्षीत मास्क, हाण्ड सेनिटाईजरका साथै आवश्यक स्वास्थ्य उपकरणको समयमा उपलब्धता नहुँदा, प्रवास यात्राबाट आएका मानिसहरुको ¥यापिड डाग्नोसिस टेष्ट समयमा हुन नसक्नु ।
आफ्ना नागरिकहरुलाई समय भित्र देश भित्र्याउन नसक्नु, आम नागरिकको जीवन रक्षाका लागि सम्बन्धीत देशहरुसंग आवश्यक कुटनीतिक पहल प्रभावकारी नहुनु र आप्रवासनमा गएका मानिसहरु विभिन्न जुक्ति सहित स्वदेश वा घर पर्कन वाध्य हुनु ।
ला‘कडाउन पूर्व दैनिकी अत्यावश्यक उपभोग्य वस्तुभाउँ र औषधीको व्यवस्थापकिय गरी आपुर्ति तथा वितरण प्रणालीमा कुशल व्यवस्थापन गर्न नस्कनु ।
आम नागरिकहरुतहबाट ला‘कडाउन र शारीरिक दूरी कायम गर्ने कुरामा ध्यान नदिईनु ।
शहर तथा ग्रामीण क्षेत्रका आम मानिसहरुलाई दैनीकि उपभोग्य वस्तुहरुको मापदण्ड सुनिश्चितता तथा वितरण प्रणालीको व्यवस्थापन गर्न नसक्नु ।
प्रवासबाट फर्केका मानिसहरुमा क्वारिन्टीन बारे सकारात्मक बुझाईमा कमी हुनु । जसकारण उनीहरु क्वारिन्टीन बस्न नमान्नु, क्वारिन्टीन केन्द्रबाट भाग्नु र होम क्वारिन्टीनको नियमलाई उल्लंघन गर्दै हिड्नु ।
सुरक्षीत यात्राको प्रबन्ध नहुनु, माक्स प्राप्त गर्न असहज हुनु र यदि प्राप्त भए पनि महंगो हुनु । आदि…..

तसर्थ सम्बन्धीत सरकारहरुले उल्लेखित अवस्थालाई मध्यनजर विद्यमान कमी कमजोरीहरुलाई अविलम्ब सच्च्याई, आवश्यक व्यवस्थापनका साथ ला‘कडाउनलाई प्रभावकारी बनाउन सकिएन, भने ! यस महामारीले संसारभर विकरालरुप लिने कुरा निश्चित नै छ ।

जसकारण सम्बन्धीत सरकारहरुले स्थानीय सरकारहरुको सशक्तिकरणमा जोड दिने । विभिन्न माध्यमद्वारा मानिसहरुलाई शारिरीक दूरी कायम गर्न सचेत पार्ने । हरेक मानिसहरुले माक्स प्रयोग गरेको वा नगरेको सुनिश्चि गर्ने । प्रवासबाट आएका मानिसहरुको तथ्याङ्क अद्यावधिक गरी अविलम्ब ¥यापिड डाग्नोसिस टेष्टलाई जोड दिने । ¥यापिड डाग्नोसिस टेष्टलाई तिव्रता दिन आवश्यक तालिम प्रदान गरी स्वयं सेवक परिचालन गर्ने ।

विद्यालय, कालेज र प्रयोगमा नआएका सार्वजनिक भवनहरुमा थप आइसोलेशन कक्ष व्यवस्थापनमा जोड दिने । नयाँ केसहरु निम्तन न दिन सुरक्षीत यात्राको नियमहरु अविलम्ब कार्यान्वयन गर्ने । ला‘कडाउन र क्वारिन्टीनलाई प्रभावकारी बनाउन आवश्यक कुराहरुको अविलम्ब व्यवस्थापनमा जोड दिने । आदि कुराहरुलाई विलम्ब नगरी कार्यान्वयनमा जोड दिए महामारी संक्रमणबाट मानिसहरुलाई जोगाउन सकिने छ ।

धन्यवाद ।
२०७६ वैशाख ०९ गते