मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकाको नि:शुल्क आँखा शिविर बाट ५६१ जना लाभान्वित

पञ्चदेवल नगरपालिकाको नि:शुल्क आँखा शिविर बाट ५६१ जना लाभान्वित

८० देखि ९० वर्ष उमेर समूहका व्यक्ति हरू बढी लाभान्वित ।


अछाम : पञ्चदेवल विनायक नगरपालिकामा ३ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

धनगढी नेत्रालय च्यारिटिएल फाउन्डेसन नेपालको प्राविधिक सहयोग तथा पञ्चदेवल विनायक नगरपालिकाको आयोजनामा बृहत् नि:शुल्क आँखा शिविर नगरपालिकाको वडा नम्बर ४ कालिकास्थानमा सम्पन्न भएको हो । 

नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविर बाट छिमेकी जिल्ला दैलेख,कालिकोटका नागरिकले पनि सेवा लिएको नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिइन् । आँखा उपचारका प्रसिद्ध डाक्टर विद्यानाथ पन्तद्वारा आँखा चेकजाँच तथा उपचार गरिएको उनको भनाइ छ । 

निःशुल्क आँखा शिविर बाट ५ सय ६१ जनाले सेवा लिनुका साथै ८९ जनाको निःशुल्क शल्यक्रिया भएको छ भने १ सय १३ जना लाई चस्मा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख जनक बुढाले जानकारी दिए । 

आँखा परीक्षण, औषधी वितरण, आँखा अप्रेसन र चस्मा वितरण लगायत आँखा सम्बन्धी सम्पूर्ण उपचार नि:शुल्क गरिएको थियो ।

शिविरमा सबै भन्दा बढी उमेर वृद्ध ८० देखि ९० वर्ष उमेर समूहका व्यक्ति हरू बढी लाभान्वित भएको शाखा प्रमुख बुढाले बताए ।