कमल रावल, अछाम /
रेडियो रामारोशनले SEE को तयारीमा रहेका विदार्थिलाई लक्षित गर्दै दुरशिक्षा रेडियो कार्यक्रम संञ्चालन गर्ने भएको छ ।
मंगलसेन नगरपालिका र आस्था नेपाल अछामको सहयोग तथा रेडियो रामारोशनको उत्पादनमा हरेक दिन बेलुकी ५ बजेको रामारोशन खबर अपडेट पछि रेडियामा दुरशिक्षा कार्यक्रम संञ्चालन हुने भएको हो ।
कोरोना भाईरसको संक्रमणका कारण देश लकडाउन अर्थात निशेधाज्ञा भईरहेका बेला एकान्त बासमा बसिरहेका विद्यार्थिलाई सहजहोस भन्ने उद्देश्यले शिक्षकले गणित, बिज्ञान र अग्रेजि बिषयको कक्षा सुरु गर्न लागेको रेडियो ब्याबस्थापन पक्षले जनाएको छ ।
रेडियोबाट गणित बिषयको कक्षा शिक्षक धन कुमार केसि, बिज्ञान बिषयको कक्षा शिक्षक बिक्रम बिष्ट र अग्रेजि बिषयको कक्षा शिक्षक सर्पराज रिमालले संञ्चालन गर्ने बताईएको छ ।
सबै कार्यक्रम रेडियो रामारोशन ९२ मेगाहर्जका साथै रेडियो रामारोशनको फेसबुक संञ्जालको मार्फत radioramaroshan पेज बाट समेत प्रत्यक्ष सुन्न सक्नु हुनेछ ।
दुरशिक्षा कार्यक्रम बैशाख १४ गते आईतबार बेलुकी ५ बजेको रामारोशन खबरपछि नियमित सुरु हुनेछ ।
प्रतिक्रिया