मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गरे के हुदैन, बिरपथका शाह तरकारी खेतीबाट बार्षिक ७ लाख रूपैयाँ कमाउछन्

गरे के हुदैन, बिरपथका शाह तरकारी खेतीबाट बार्षिक ७ लाख रूपैयाँ कमाउछन्


पवित्रा खड्का, अछाम।

जिल्लाको कमलबजार नगरपालिका वडा न ६ का अगुवा कृषक टेक बहादुर शाहले तरकारी खेती बाट बार्षिक रूपमा ५ देखि ७ लाख रूपैयाँ आम्दानी गरिरहेका छन्। शाहले वडाको बोक्सणा भन्ने ठाउँमा रहेको ४५ रोपनी लेकाली भेगको जग्गामा तरकारी खेती गरेर मनग्गे आम्दानि गरिरहेका हुन्।

बाजे बुवाका पालामा खेतिगरे पनि पछिल्लो केही बर्ष यता बाझै रहेको लेकालि भेगको जग्गालाई उर्वर भूमिका रूपमा परिणत गरि शाहले तरकारी खेती बाट मनग्गे आम्दानि गरिरहेका छन। शिक्षण पेशालाई पहिलो प्रथामिकता राख्नु भएका शाहले शिक्षण पेशाबाट बचेको समयले तरकारी खेती गर्ने गरेको बताए। मेहनत गरेपछि आफ्नै खेतगणामा सुन फलाउन सकिन्छ भन्ने उदारण दिएका शाहले वरिपरि रहेको खेतीयोग्य जमिनमा माटो सुहाउँदो खेती गरेमा पैसा खोज्दै आफै घरमा आउने बताए।

आफ्नै खेतबारीमा खेती गरेपछि दाम र नाम दुबै कमाई हुने भएकाले विदेश बाट आएका युवाहरूले आधुनिक तरिकाले खेती गरेमा गाउँमा रहेको बेरोजगारी समस्या समाधान हुने उहाको विश्वास छ । यति मात्र होइन शाहले तरकारी खेतीको आम्दानिबाट सदरमुकाम मंगलसेन र कमलबजारमा पुस्तक पसल समेत संञ्चालन गरेका छन्।

दुई ठाउँमा रहेको पुस्तक पसल बाटपनि राम्रो आम्दानी भईरहेकाले यी पसल सञ्चालन गर्ने मुख्य स्रोत तरकारी खेतिनै भएको बताए। जागिर भन्दा पनि कृषि पेशा महत्त्वपूर्ण भएकाले आफु आगामी दिनमा कृषिलाई नै प्रथामिकता दिने उनको भनाई छ।

आफुले जग्गामा तरकारी खेती गरेपनि स्थानीय सरकारहरू बाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै शाहले कृषकका लागि आउने कृषि अनुदान वास्तविक रूपमा कृषि खेति गरिरहेका कृषकहरूले पाउनुपर्ने उनको भनाइ छ । आफुले प्रसस्त मात्रामा तरकारी फलाए पनि लकडाउनको कारणले उचित बजार नपाएको गुनासो शाहको छ।

आफ्नो तरकारी वारि मध्य पहाडी बाट २ किलोमिटर तल रहेकोले खेतीयोग्य जमिन सम्म सडक बिस्तार भए जिल्लाका प्रमुख ब्यापारी केन्द्रको लागि आफुले तरकारी पर्याप्त मात्रामा पुर्याउने उनको दाबी छ । लगाएको खेति जंगली जनावरले नष्ट गर्ने भएकाले उचित खालको तारबार नहुदा समस्या भईरहेको अगुवा कृषक शाहले बताए।

जिल्लाको समृद्धिका लागि स्थानीय सरकारले पनि कृषि क्षेत्रमा पर्याप्त मात्रामा बजेट बिनियोजन गर्नुपर्ने उनको जोड छ । शाहको बारेमा गएपछि अहिले पनि सबै किसिमका तरकारी देख्न र खान पाईन्छ । शाहको जस्तै अन्य कृषक हरूले व्यवसायीक रूपमा तरकारी खेती गरेपछि जिल्लाको विकासले गति लिने सरोकारवालाको भनाइ छ ।