मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरो पिडित क्षेत्र रामारोशनका लागि सहयोग जुट्दै, समाजसेवी स्वाँर र ठकुल्लाले गरे ७५ हजार बढी सहयोग

बाढी पहिरो पिडित क्षेत्र रामारोशनका लागि सहयोग जुट्दै, समाजसेवी स्वाँर र ठकुल्लाले गरे ७५ हजार बढी सहयोग


अछाम – नेपाली कांग्रेस रामारोशन गाँउपालिकाले उक्त क्षेत्रमा आएको बाढी पहिरोबाट बेपत्ता परिवार र पिडित समुदायका लागि आर्थिक सहयोग संकलन अभियान गरिरहेको छ ।

बिपदको सामना गर्न पिडितहरुको घाउमा मलहम लगाउन सहयोग अभियान थालनी गरिएको राहत संकलन तथा उद्धार समितीका संयोजक पुष्प बिष्टले बताए ।

सोही अन्र्तगत आईतबार २ जना समाजसेवीले आर्थिक सहयोग गरेका छन् । बान्नीगढी जगयढ गाँउपालिका वडा नं. २ जनालीकोटका यूवा व्यावसायी बिष्णु स्वार र साँफेबगर नगरपालिका वडा नं. ५ नवाठाना घर भई हाल नेपाली कांग्रेस अछाम काठमाण्डौँ सम्पर्क समितीका उपाध्यक्ष समाजसेवी नेता भक्त ठकुल्लाले सहयोग गरेका छन् ।

स्वारले नगद ५० हजार १ सय ५१ तथा ठकुल्लाले २५ हजार सहयोग गरेका हुन् । यसअघि कांग्रेसका ३ जना नेता तथा समाजसेवी बिनय रावल, बिष्णु बहादुर शाह र राजेन्द्र बहादुर शाहले करिब ढाई लाख बढी सहयोग गरेका थिए

सहयोग आउनेक्रम जारी रहेको र सहयोग अभियानमा सबैले हातेमालो गर्न आग्रह गरिएको संयोजक बिष्टको भनाई छ । कैलाश खोलमा आएको बाढीले गर्दा त्यस क्षेत्रको सैनीबजार सहित २२ घर बगाएको थियो ।

१७ जना बाढी संगै बेपत्ता भएका थिए भने अझै १० जनाको शब फेला पर्न सकेको छैन । खोजी कार्य निरन्तर भईरहेको अछाम प्रहरीको भनाई छ ।

यो पनि हेर्नुस