अछाम – अछामका बिभिन्न ठाँउ घर भई हाल जिल्ला बाहिर रहेका समाजसेवीले रामारोशनका बाढी पीडितको राहतका लागि आर्थिक सहयोग गरेका छन् । जिल्लाको मंगलसैन नगरपालिका ओलीगाउँ घर भई हाल काठमाडौं निवासी कांग्रेस नेता विनय रावलले बाढी पीडितको राहतका लागि १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
रावलले नेविसंघ अछामका नेता दिनेशकुमार स्वारमार्फत रकम हस्तान्त्रण गरेका हुन् । स्वारले उक्त रकम शुक्रबार नै नेपाली काँग्रेस अछामका सभापति भरतकुमार स्वारको खातामा जम्मा गरिएको जानकारी दिए । बिनय पूर्व गर्भनर डाक्टर तिलक रावलका छोरा हुन् । उनले केही दिन भित्रै बाढी पीडितका लागि आवश्यक सामग्री पनि सहयोग गर्ने योजना रहेको बताए ।
यस्तै बान्नीगढी जयगढ गाउँपालिका दर्ना निवासि र हाल अमेरीका बस्दै आएका कांग्रेस नेता तथा समाजसेबी बिष्णु बहादुर शाहले १ लाख एकहजार एकसय एघार सहयोग गरेका छन् ।
यस्तै साफेबगर नगरपालिका रिडीकोट निवासि कांग्रेस नेता तथा समाजसेबी राजेन्द्र बहादुर शाहले ५५ हजार सहयोग रकम पठाएका छन् । शाहले बिगत देखि नै अछामका बिभन्न ठाँउमा सहयोग गर्दै आईरहेका छन् । शाहले परोपकारी हिसाबले बिभिन्न समय तथा कोरोनाको कहरका बिचमा पनि सहयोग गरेका थिए ।
रामारोशनका बाढी पीडितलाई राहतका लागी जुट्न सम्पुर्ण नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेको नेपाली कांग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वारले बताए ।
भदौ २ गते राति रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले सैनीबजार बगाउँदा १७ जना वेपत्ता पारेको थियो, जसमा ६ जनाको मात्र शब फेला परेको छ भने ११ जना अझै बेपत्ता छन् ।
प्रतिक्रिया