मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले सुरु गरेको सहयोग अभियानमा सोमबार २ लाख ८८ हजार बढी सहयोग संकलन

कांग्रेसले सुरु गरेको सहयोग अभियानमा सोमबार २ लाख ८८ हजार बढी सहयोग संकलन


अछाम – बाढी पहिरोबाट पिडित परिवारहरुका लागि नेपाली कांग्रेसले सुरु गरेको राहत संकलन तथा उदार समितिमा सोमबार एकै दिन २ लाख ८८ हजार ८ सय ७६ रुपैयाँ समितिको खातामा जम्मा भएको छ।

रामारोशन गाउँ पालिकामा आएको बिनाश कारी बाढीले प्रभावित परिवारका लागि नेपाली कांग्रेसले राहत संकलन कार्यलाई तिब्र बनाएको राहत संकलन तथा उदार समितिको कोषका संयोजक पुष्प बिष्टले बताए।

राहत संकलन अभियान अन्तरगत नेविसंघ निवर्तमान केन्द्रीय सदस्य एवम् कांग्रेस नेता चन्द्र विकको संयोजन काठमाडौंबाट संकलित रकम रु १ लाख ८५ हजार रुपैया राहत संकलन तथा उदार समितिको कोष लाई हस्तान्तरण गरिएको छ।

सोमबार नै नेपाल विद्यार्थी संघ अछामका विद्यार्थी नेताहरुबाट स्वस्फूर्त संकलन गरिएको ९१ हजार १ सय ५१ रुपैयाँ समितिको खातामा जम्मा गरिएको नेविसंघ अछामका अध्यक्ष निर्प साउद बताएका थिए।

यस्तै समाजसेवी विजय भाटको पहलमा टिकापुरबाट १२ हजार ७ सय २५ रुपैयाँ सहयोग भएको संयोजक बिष्टले जानकारी दिए । राहत संकलन निरन्तर भइरहेको र अब केही दिनमै पिडित परिवारलाई कार्ययोजना बनाएर राहत वितरण गरिने कांग्रेस जनाएको छ।