मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनका बाढी पिडितको लागि नेविसंघ अछामको ९१ हजार बढी सहयोग

रामारोशनका बाढी पिडितको लागि नेविसंघ अछामको ९१ हजार बढी सहयोग


अछाम । रामारोशनमा आएको बाढीपहिरोबाट बेपत्ता भएका परिवार तथा पिडित सुमदायका लागि सिंगो नेपाली कांग्रेस अछाम अभियानका साथ अघि बढेको छ । कांग्रेस रामारोशनले सुरु गरेको अािर्थक संकलन अभियानमा स्थानिय देखि केन्द्र सम्मका नेता कार्यकर्ता, समाजसेवी तथा पार्टीका भातृ संघ संगठन पनि सक्रियताका साथ अभिायनमा साथ दिईरहेका छन् ।

यसैबिच नेपाल विद्यार्थी संघ अछामले बाढीबाट प्रभावित परिवारका विद्यार्थीहरुलाई प्राथमिकतामा राखी एकानब्बे हजार एक सय एकाउन्न रुपयाँ आर्थिक सहयोग गरेको छ । नेपाली काङ्ग्रेस रामारोशन गाउपालिकाले सञ्चालन गरेको राहत तथा उद्दार कोषमा जम्मा हुने गरि रकम पठाईएको नेबिसंघ अछामका अध्यक्ष नृप साँउदेल सुदूरआजलाई जानकारी दिए ।

अध्यक्ष साँउदका अनुसार उक्त रकमबाट बाढी प्रभावित विद्यार्थीहरुको पहिचान गरी कापी, कलम, झोला, स्कुलड्रेस र अन्य अति आवश्यक सामाग्री केही दिनमा हस्तान्तरण गरिनेछ । पिडितका लागि दाल, चामल, नुन, तेल, पाल लगायतका राहत सामाग्री अरु ठाउबाट आइरहेकाले नेविसंघको राहत विद्यार्थी केन्द्रीत हुने अध्यक्ष साउदको भनाई छ ।

नेविसंघ अछामले संकलन गरेको रकम कुनैपनि उद्योगी, व्यापारी तथा कर्मचारी बाट नउठाई नेविसंघ संग आबद्ध व्यक्तीहरुले स्वतर्फुत रुपमा राहत संकलन गरेका नेविसंघ अछामले जनाएको छ ।

बाढीले क्षतविक्षत रामारोशन विकासका दृष्टिकोणले बर्षाै पछाडि परेकाले संकटको यस घडीमा सबैले राहत तथा उद्धारमा सहभागी हुन नेसिबंघ अछामले आग्रह गरेको छ । केन्द्र, प्रदेश तथा स्थानिय सरकारलाई तत्काल रामारोशनको पुननिर्माणमा लाग्न नेविसंघ अछामले जोडदार माग गरेको अध्यक्ष साँउदले बताए ।

यहि भदौ २ गते राति आएको बर्षाका कारण बाढी पहिरोले उक्त क्षेत्रको शैनीबजार बगाउनुका साथै १७ जना बेपत्ता बनाएको थियो । १७ जनामा ९ जनाको शब अझै पत्ता लागेको छैन बाढीले थुप्रै भौतिक संरचना समेत ध्वस्त बनाएको थियो ।