मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रिमियर लिगको नयाँ सिजन नजिकिदै

प्रिमियर लिगको नयाँ सिजन नजिकिदै


एजेन्सी – च्याम्पियन्स लिग फाइनलको २० दिन र पछिल्लो सिजनको ७ हप्तापछि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिगमा तपाईंलाई स्वागत छ। नयाँ सिजन सुरु हुने समयको कुरा भनिरहनु किन जरुरी हुन्छ भने, हरेक चीजको एउटा सिजन अथवा मौसम हुन्छ। र, त्यस्तो सिजनको पछिपछि आउने अर्को सानो सिजन पनि हुन्छ।

अन्ततः यस्ता भिन्नभिन्न सिजन मिलेर विराम चिन्हसहितको प्रक्रिया पूरा हुन्छ। खेलको यो सिजन वातावरणको हावाजस्तै सदावहार चलिरहने गर्छ। यही प्रक्रियाको आज पुनः सुरुवात हुँदैछ। अर्थात्, आजवाट विश्वको चर्चित इंग्लिस प्रिमियर लिग सुरु हुँदैछ। शरदबाट समरसम्म चल्ने फुटबल प्रतियोगिता खुला हावा र समर्थकको हल्लामा रुमल्लिन भने पाउने छैनन्।

बायोसेक्योर बबलभित्र कडा अनुशासनमा खेल हुनेछ। सबैले आउँदो सिजनको प्रिमियर लिगमा देख्न पाउने कुरा भनेको यही नै हो। त्यसैले यो सिजनको इंग्लिस प्रिमियर लिग (ईपीएल) पूर्ण चित्रविनाको यात्रा हो। यस्तो समयमा वास्तविकताका केही संशोधित संस्करणमा फर्कने प्रयास भने नगरिने होइन।

यो सिजनको अनुभव कस्तो हुनेछ भन्ने एउटा प्रश्न मनमा रहिरहेको छ। अहिले कसैले पनि भन्न सकेको छैन कि, लिगको कुन समयमा कति संख्यामा मानिसहरु रंगशाला फर्कन सक्नेछन्। कसैलाई पनि ठिकसँग थाहा छैन कि, यति धेरै मेहनत गरेर बनाएको फुटबल बबलले आउँदो विन्टरमा फेरि बढ्न सक्ने सरुवा रोगको जोखिमलाई कसरी नियन्त्रण गर्न सक्नेछ। अनि रेकर्डेड भ्वाइस र भर्चुअल दर्शकको गरिमा कत्तिको हुनेछ ? यी सबै प्रश्न अहिलेसम्म निरुत्तरित नै छन्।

पछिल्लो सिजनमा मध्य वसन्तको ‘इन्डगेम’ पनि प्रिमियर लिगको व्यवहारिक र सानदार टुक्रा थियो। तर, विश्वभरि फैलिएको कोभिड–१९ को उपचार नभेटिएपछि त्यसको असर पनि खेलमा पर्यो। खेलमा मात्र किन भनौँ, यसले त सामान्य जीवनशैलीदेखि ट्वाइलेट पेपरको सर्टेज र त्यसका लागि लागेको लामो लाइनसम्म पुर्यायो। अबको सिजन पनि भाइरसरहित बन्ने सम्भावना छैन।

यस्तो भनिरहँदा खेललाई निरुत्साहित गर्न खोजिएको भान पर्ला। तर खेल्न त हुनैपर्छ। उद्योगको पांग्रा गुडाउनका लागि मात्र होइन, हाम्रो आधारभूत मानविय लयले पनि यही खोज्छ– खेलले सामूहिक व्याकुलतालाई सान्त्वनाको आवश्यकता अनुभव गरेको छ।

तथ्यांक नै हेर्ने हो भने पनि मृत्यु र चिन्ताले पछिल्ला केही महिना जमिनमा कब्जा जमाएको छ। अहिलेको समयमा खेलले मानिसको जीवन रक्षा गर्न सक्नेछ, दिक्कलाग्दो परिस्थितिलाई पनि सकारात्मक दिशा दिन कसरत गर्नेछ। सबैभन्दा मुख्य कुरा मानिसका लागि सम्वादको माध्यम बन्नेछ।

प्रिमियर लिगकै बारे थप कुरा गर्दा आउँदो सिजन थप मनोरम बन्ने पक्का छ। लम्बिएको गत सिजन त धेरै क्लबहरुको परीक्षा नै थियो। महामारीको कारण बीचमा रोकिएको सिजनले भने समर प्रशिक्षणमा सहयोग गरेको छ।

गत सिजन त प्रिमियर लिगको संक्रमणकाल जस्तो भयो। २०१९ मा म्यानचेस्टर युनाइटेड, चेल्सी, लेस्टर सिटी, टोटेनहम र आर्सनलले नयाँ प्रशिक्षक पाएका थिए। त्यो खाली समयले क्लब र खेलाडी व्यवास्थापनमा थप सहयोग पुगेको छ। २०१९–२० लाई ईपीइलको संक्रमणकाल यसर्थमा पनि भन्न मिल्छ कि, कुनै प्रिमियर क्लब च्याम्पियन्स लिग सेमीफाइनल पुग्न सकेनन्। सामान्य रुपले शीर्ष ६ टिम नै क्लब बिल्डिङमा लागिरहे।

यसविपरीत, पछिल्लो जुनदेखि जुलाईको ९ खेल भने दिवा स्वप्नजस्तै बन्यो। तर यसले पनि केही परिवर्तन भने गरिदियो– सिटीले नयाँ सिजनका लागि बाटो खोल्यो। यूईएफएको जुडिसियल च्याम्बरलाई कोर्ट अफ अर्विटेसन फर स्पोर्ट (कास)मा हराएर अर्को २ सिजनका लागि बन्द भएको बाटो खुल्ला गर्यो। क्लबमा सानो परिवर्तन जरुरी देखिए पनि मौजुदा क्लबले राम्रो अवसरहरु गुमाएनन्।

म्यानचेस्टर युनाइटेडले पनि सिजनको अन्तिमतिर लगातार जित निकाल्यो। उसले तीन खेलाडीको अट्याक भरपूर प्रयोग गर्यो। यति भनिरहँदा आउँदो सिजनका लागि चेल्सीको टिम फर्म्याट पनि विर्सनु हुँदैन। पछिल्लो सिजनमा उसको डिफेन्स कमजोर देखिए पनि मिडफिल्ड र फरवार्डमा भने कमी देखिएन। टोटेनहमका ह्यारी केन चोटमुक्त भएर टिममा फर्किए भने आर्सनलका माइल आर्टेटाले पनि ट्रान्फर विन्डोमा खुल्ला दिलले खर्च गरेका छन्।

लामो समय स्थगन भएको पछिल्लो सिजनको च्याम्पियन भने खेल रोकिनुअघि नै लगभग फिक्स भइसकेका थिए। लिभरपुल खेलमा धेरै दह्रो भइसकेको थियो। लिभरपुल विजेता बन्दै सकिएको लिगमा खेलाडी ट्रान्सफरसँगै एउटा समस्या कायमै थियो। टिकट बिक्री ठप्प थियो भने टिभी राइटको पैसा पनि कटौती भएको थियो। रकमको कटौतिले क्लबमा छुट्टै प्रकारको परीक्षण गराउन बाध्य बनायो। क्लबको प्रोजेक्टलाई मार्जिनलाइज गर्यो, महत्वाकांक्षालाई एकछिन पर राखेर सोच्न बाध्य बनायो र बिक्रीयोग्य फरवार्ड, प्रगतिशिल म्यानेजर स्थानान्तरणको खेललाई प्रभावित तुल्यायो।

प्रभावकै हिसाब गर्ने हो भने वाटफोर्ड, बर्नेमाउथ र नर्विच सिटीजस्ता मध्यम श्रेणीका बलिया टिमको रेलिगेसन पनि पर्छ। कसैले यो रेलिगेसनलाई अफसोचका रुपमा पनि लिएका छन्। यता उनीहरुको ठाउँमा च्याम्पियनसिपको लिगविजेता बन्दै लिड्स युनाइटेड आएको छ भने परिचित अनुहारसँगै बलियो टिम केमेस्ट्री भएको वेस्ट ब्रोम ईपीएल फर्किँदा फुलहाम पनि शीर्ष लिगमा आएको छ।

क्लबको मात्र होइन, युवार स्टार मेसन ग्रिनवुड, फिल फोडेनजस्ता खेलाडी प्रिमियर लिगमा पछिल्लो सिजन जमेका छन्। युनाइटेडका ब्रुनोफर्नान्डेस र स्टार्लिङको प्रदर्शन सम्झनलायक रह्यो। यसका साथै महामारीमा पनि फुटबलले राम्रो गर्न सक्छ भनेर युरोपभरिका लिगले देखाइदिँदा ईपीएलमात्र होइन, सम्पूर्ण फुटबलकै गरिमा बढेको छ।

विश्व महामारीसँग जुधिरहँदा जर्मन फुटबलले हिरोइक इन्ट्री मार्यो। जसले युरोपियन फुटबलको आश बढायो। खेलाडी, समर्थक र क्लबबीच गहिरो बोन्ड विकसित गर्यो। महामारीबीच पनि खेलाडीले फुटबलको गुणस्तर खच्कन दिएनन्, उत्कृष्ट प्रदर्शन जारी राखे। – गार्जियन

तपाईंलाई आज ईपीएलमा यी खेलले स्वागत गर्नेछन्ः
आर्सनल र फुलह्याम, साँझ सवा ५ बजे
क्रिस्टल प्यालेस र साउथह्याम्टन, राति पौने ८ बजे
लिभरपुल र लिड्स युनाइटेड, राति सवा १० बजे
वेस्ट ह्याम र न्युकासल, राति पौने १ बजे