मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटीमा प्रथम जिल्ला स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न 

चौरपाटीमा प्रथम जिल्ला स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न 


अछाम: जिल्लाको चौरपाटी गाउँपालिकाले आयोजना गरेको प्रथम जिल्ला स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ ।

सम्पन्न प्रथम जिल्ला स्तरीय  अध्यक्ष कप क्रिकेट प्रतियोगीताको उपाधि उपहार निर्माण सेवाले हात पारेको हो ।

आयोजक चौरपाटी गाउँपालिका र उपहार निर्माण सेवा बिच भएको फाईनल खेलमा उपहार निर्माण सेवाले आयोजक चौरपाटी गाउँपालिकालाई ५४ रनले हराउदै प्रथम भएको हो ।

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ चौरपाटी गाउँपालिकको आयोजनामा सञ्चालन गरिएको प्रथम जिल्ला स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीताको समापन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि मेघराज खड्काले गरेका थिए ।

सामाजिक विकास मन्त्रि खड्काले खेलकुद क्षेत्रको विकासको लागी स्थानिय सरकारले हरेक महिनामा विभिन्न किसिमका खेल सञ्चालन गर्नको लागी खेलकुद क्षेत्रलाई बजेट विनियोजन गरि पहिलो प्राथामिक्तामा राख्नुपर्ने बताए ।

पछिल्लो समय प्रत्यक वडा वडामा खेल मैदान निमार्ण गरि राख्न आवश्यक नरहेकोले खेलाडीको संख्याको आधारमा र सिमित ठाउँमा मात्र खेल मैदान बनाउने र खेल मात्र खेलेर नहुने भन्दै खेल संगै युवाहरुले पढाईमा पनि दक्ष बन्नुपर्ने  मन्त्री खड्काले बताए ।

चौरपाटी गाउपालिका अध्यक्ष भीम बहादुर साउदले पालिकाले खेल क्षेत्रलाई पानी प्राथमिकतामा राखेर काम गरिरहेको बताए । आगामी दिनमा समेत यस्ता थप प्रतियोगिता संचालन गरिने उनले बताए ।

बैशाख २३ गते मंगलबार देखि सञ्चालन भएको प्रथम जिल्ला स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीतामा १२ वटा टिमको सहभागीता रहेको थियो ।