मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपसभापतिको राजिनामा स्वीकृत हुन्छ : सभापति स्वार

उपसभापतिको राजिनामा स्वीकृत हुन्छ : सभापति स्वार


अछाम : नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामका सभापति भरत कुमार स्वारले उपसभापति चन्द्र प्रसाद ढुंगानाले दिएको राजिनामा स्वीकृत हुने बताएका छन् । आगामी बस्ने जिल्ला कार्य समितिको बैठकले ढुंगानाको राजिनामा स्वीकृत गर्ने सभापति स्वारले बताए।

सुदूरआज संग कुरा गर्दै सभापति स्वारले यसअघि आफुले उपसभापति ढुंगानालाइ राजीनामाको पुर्नर्बिचार गर्ने समय दिएर सहमति गर्न सल्लाह दिए पनि उनि आफ्नै ढंगले अघि बढेको भन्दै अब राजिनामा जिल्ला कार्य समितिले स्वीकृत गर्नेछ।

पार्टी को बिधि बिधानका बिसयमा आफु जानकार रहेको बताउदै सभापति स्वार यो बिषयमा आफुलाई भन्दा गाउँ नगरमा गएर जानकारी गराउनु अहिलेको आवस्यकता भएको उल्लेख गरे।

आफुले नेतृत्व लिएपछि कोठा सिमित रहेको पार्टीलाई कुना कन्दरामा पुगाएको सभापति स्वारले दाबी गरे। बिधि बिधान बिपरित पार्टी कहाँ चलेको छ त्यो देखाउन उनले चुनौती दिए । देशका ७७ जिल्लामा बिधि बिधान चल्नेमा अछाम कांग्रेस अग्र स्थानमा रहेको उनको ठोकुवा छ ।

उपसभापति ढुंगानाले लगाएको आरोपमा कुनै सत्यता नरहेकोले यस्ता भ्रम नपर्न सभापति स्वारले नेता तथा कार्यकर्तालाई आग्रह गरे । पार्टी भित्र केही कमजोरी भए सच्याएर जाने भनी समहति भएपनि उपसभापति ढुंगानाले पत्रकार सम्मेलन गरेर राजिनामा दिएका सभापति स्वारले बताए ।

उपसभापती चन्द्र प्रसाद ढुगांनाले आईतवार पत्रकार सम्मेलन गरि पार्टी विधि विधान सहीत पद्धतीमा नचलेका कारण पदबाट राजीनामा दिएको उल्लेख गरेका थिए।