मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी बिधान अनुसार नचलेका कारण उपसभापती पदबाट राजीनामा दिएः ढुगांना

पार्टी बिधान अनुसार नचलेका कारण उपसभापती पदबाट राजीनामा दिएः ढुगांना


अछाम : नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगांनाले पार्टी विधि विधान सहीत पद्धतीमा नचलेका कारण पदबाट राजीनामा दिएको बताएका छन्। पार्टीको निती नियम सहीत बिधि बिधान एकातीर नेतृत्व पंक्ति अर्को तिर हिटेकाले आफुलाई पदमा बस्नु उचित नरहेको बताउदै राजीनामा दिएको बताए ।

नेपाली काग्रेस अछामको उपसभापती पदबाट राजीनामा दिएपछी आफ्नो राजीनामा किन भन्ने बिषयमा मंगलसेनमा पत्रकार सम्मेलन गर्दै ढुगाँनाले लोकतन्त्रको पक्षमा आफु जहीले पनी उभिएकाले भन्दै पार्टी ब्यक्तिबादी चिन्तनका कारण चलेकाले यो सुधार हुने जरुरी रहेको उल्लेख गरे।

आफुले पार्टीको बैठकमा पटक पटक पार्टीलाई सुदृढ गर्दै मर्यादा क्रमलाई ख्याल गर्दै अगाडी बढन आग्रह गर्दा पनी नसुनेकाले यतीबेला पत्रकार सम्मेलन गर्नु परेको उनले बताए । माघ १४ गते आफुले दिएको राजीनामा अहीले फिर्ता नहुने बताउदै उनले जिल्ला सभापति संग भएको छलफलमा आधारमा आगामी फागुन ५ गते बस्ने जिल्ला कार्य समितीको बैठकमा जायज मुद्दालाई निर्णय गरि कार्यान्वयन गर्दै लैजाने सहमती भएको उनको भनाइ छ।

आफुले अहीले नै लिखीतै रुपमा प्रतिबद्धता सहीत निर्णय गरु भनेको तर जिल्ला कार्य समितीको बैठकसम्म पर्खनु पर्ने बताए । पत्रकार सम्मेलनको शुभारम्भ फरक तरिकाले गर्दै ढुगांनाले दुबै मृगौला फेल भएर उपचार गराईरहेका पत्रकार धुब्र बिसिको उपचारमा सहयोग होस भन्ने उद्देश्यले सम्मेलनका प्रमुख अतिथी नेपाली काग्रेस अछामका पुर्व पार्टी सभापती कर्ण बहादुर केसी मार्फत पत्रकार बिसीलाइ नगद ११ हजार हस्तान्तरण गरेका थिए ।

पुर्व पार्टी सभापती केसीले पार्टी भित्रैबाट सघर्ष गर्दै अघि बढने बताए । लोकतन्त्रको रक्षाका लागी पटक पटक आन्दोलन गरेको स्मरण गर्दै उनले कसैका ब्यक्तिगत विचारमा पार्टी चल्न नसक्ने दाबी गरे । आफनो झण्डै ५० बर्ष जती लगानी नेपाली काग्रेस पार्टीमै लगानी भएकाले अबको नयाँ पुस्तालाई अगाडी बढाएरै लिने उनको भनाइ थियो।

ढुगांनासंगै पार्टीबाट राजीनामा दिएका मंगलसेन नगरपालीका वडा नम्बर २ का वडा सभापती दिलिप बोगटीले आफु स्वयम वडा सभापती रहेको तर नेतृत्व तहले आफुलाई जानकारी समेत नदिएको आरोप लगाए।

नयाँ वडा कार्य समिती चयन गरेकाले आफुले राजीनामा दिएको उनको भनाइ थियो । पत्रकार सम्मेलनमा जिल्ला स्थित पत्रकार, मंगलसेन नगरपालीकाका विभिन्न वडाका काग्रेस वडा सभापती लगाएतको सहभागीता रहेको थियो ।