काठमाण्डाै – सगरमाथा हिमाल आरोहणका लागि आरोहीहरू अन्तिम तयारीमा जुटेका छन् । सम्भवतः यही हप्ता शिखरसम्मको बाटो खुलाइने भएकाले आरोहीहरू शिखर आरोहणको अन्तिम तयारीमा जुटेका हुन् ।
आरोहीहरू माथिल्ला शिविरहरूमा जाने र फर्कने गरिरहेका छन् । यसो गर्दा शरीर उचाइमा जानका लागि अनुकूल बन्ने पर्वतारोहीहरू बताउँछन् । अहिले चौथो शिविरसम्म बाटो तयार भइसकेको छ । मौसम अनुकूल हुनासाथ शिखरसम्मको बाटो तयार गरेर वसन्त ऋतुको आरोहण सुरु गर्ने पर्वतारोहणको व्यवस्थापन गरिरहेका कम्पनीहरूले बताएका छन् ।
आधार शिविर भन्दा माथिका केही तस्बिरहरू–
फोटो सौजन्य : इम्याजिन नेपाल
प्रतिक्रिया