अछाम । बीपी यूवा नेतृत्व मञ्च अछमले जिल्ला अस्पताल अछाममा भर्ना भएका र कोरोना संक्रमित बिरामीहरुलाई खाजा खुवाउन सुरु गरेको छ ।
मञ्चको पहलमा जिल्ला अस्पताल संग समन्वय गरेर आज देखि बिहान बेलुका खाना बितरण अभियान सुरु भएको मञ्च अछामका संयोजक दिनेश कुमार स्वाँरले बताए ।
कोरोना महामारीका कारण जिल्लामा निशेधाज्ञा जारी भएका बेला अप्ठेरो भईरहेको भन्दै आज देखि भर्ना भएका र कोरोना संक्रमित भएर आईश्वलेसनमा रहेकाहरुलाई खाजा वितरण अभियान सुरु गरिएको संयोजक स्वाँरले सुदूरआजलाई बताए ।
जस अन्तर्गत आज पहिलो दिन १५ जनालाई खाजा वितरण गरिएको नेविसंघ अछामका नेतृ लक्ष्मी बोगटीले बताईन्। यसघि खाना खुवाउने भने पनि अस्पतालको सल्लाह अनुसार खाजा वितरण गरिएको उनले जानकारी दिईन्।
प्रतिक्रिया