मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीपी यूवा नेतृत्व मञ्च अछमले जिल्ला अस्पतालका बिरामीलाई बिहान बेलुका खाना खुवाउने

बीपी यूवा नेतृत्व मञ्च अछमले जिल्ला अस्पतालका बिरामीलाई बिहान बेलुका खाना खुवाउने


अछाम । बीपी यूवा नेतृत्व मञ्च अछमले जिल्ला अस्पताल अछाममा भर्ना भएका र कोरोना संक्रमित बिरामीहरुलाई बिहान बेलुका खाना खुवाउने भएको छ ।

मञ्चको पहलमा जिल्ला अस्पताल संग समन्वय गरेर दैनिक बिहान बेलुका खाना बितरण अभियान संचालन गरिने मञ्च अछामका संयोजक दिनेश कुमार स्वाँरले बताए ।

कोरोना महामारीका कारण जिल्लामा निशेधाज्ञा जारी भएका बेला अप्ठेरो भईरहेको भन्दै सोमबार देखि हरेक दिन भर्ना भएका र कोरोना संक्रमित भएर आईश्वलेसनमा रहेकाहरुलाई बिहान बेलुका खाना वितरण अभियान संचालन गरिने संयोजक स्वाँरले सुदूरआजलाई बताए ।

अहिेको परिस्थितीमा मर्कामा परेका बिरामीलाई अस्पतालका चिकित्सकको सल्लाह अनुसार पोसिलो खाना बितरण गरिने उनको भनाई छ ।

खाजाका लागि डा. रावलको परिवारद्धारा ५० हजार सहयोग ।

बीपी यूवा नेतृत्व मञ्च अछमले संचालन गर्न लागेको बिहान बेलुका खाना खुवाउने अभियानका लागि नेपाली कांग्रेसका युवा नेता बिनय रावलले आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी रवालले जिल्ला अस्पताल अछामका बिरामीलाई मञ्चले संचालन गर्न लागेको बिहान बेलुका खाना बितरण अभियानका लागि ५० हजार आर्थिक सहयोग गरेका हुन् ।

अभियानका लागि नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर, संबिधान सभा सदस्य, अर्थबिद डा. तिलक रावल उहाका धर्म पत्नि रिता रावल र सामाजिक अभियान्ता एवंम काङ्ग्रेस युवा नेता बिनय रावलको सयूक्त सहयोग रहेको छ ।

जन्मथलो अछाम भएका रावल परिवारले जिल्लाका हरेक समस्यामा साथ दिदैँ आएका छन् । आफ्नो ठाँउको माया लाग्छ केही अप्ठेरो पर्दा आफुले सक्ने सहयोग गरिरहेको छौँ डा. रावलले भने ।

अहिलेको परिस्थितीमा सबै भन्दा बढी मारमा बिरामी परेको कुरालाई मध्यनजर गर्दै बीपी यूवा नेतृत्व मञ्च अछमले संचालन गरेको अभियान मार्फत राहत पुगोस भनेर आर्थिक सहयोग गरेको रावलले बताए ।

यसअघि नेबिसंघ अछाम र सिडेन अछामको पहलमा जिल्लाको बयालपाटा अस्पतालमा रहेका बिरामी र कोरोना संक्रमित बिरामीलाई दैनिक खाजा खुवाउने अभियान संचालन भईरहेको छ ।