मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अचेल छोरो दंग छ, सधैं सँगै बस्न पाए कत्ति खुसी हुन्थ्यो!

अचेल छोरो दंग छ, सधैं सँगै बस्न पाए कत्ति खुसी हुन्थ्यो!


पशुपति कुँवर

घरमा ऊ र म मात्रै छौं। उसले बोलेको मैले सुन्छु र मैले बोलेको ऊ सुन्छ। फराकिला दुईवठा कोठा छन्। छुट्टै भान्सा र खुला बरन्डा छ। बाहिर फराकिलो करेसाबारी छ। हामी आमाछोराका लागि अहिले यही दुनियाँ बनेको छ।  ‘ममी कोरोना कहिले भाग्छ?’ 

सात वर्षको छोरा दीपले मलाई सोधिरहन्छ। साँच्चै कोरोना कहिले सकिन्छ होला? उसले झैं मैले पनि मनमनै आफैंलाई सोधें। तर उसलाई के भनूँ। जुन प्रश्नले मलाई समेत अत्याइरहेको छ। कोरोना छिट्टै सकिन्छ भन्दै भान्सातिर आएँ। हातमुख धोएँ र दूध बसालें। कोठाबाट कार्टुनको आवाज भान्सासम्मै सुनियो। खाजा बनाएँ। खाजाको पिलेट र दूधको गिलास लिएर कोठामा गएँ। ऊ घोप्टो परेर मोबाइलमा कार्टुन हेरिरहेको थियो। 

उसलाई खाजा खान बिस्तराबाट तल आऊ भनें। हातमै मोबाइल बोकेर तल आयो। उसको मुन्टो मोबाइलमै एकाग्र थियो। ऊ खाजा खुवाइदने प्रतीक्षामा थियो। ‘तिमी आफैं खाऊ न!’ उसले नाइँ भन्यो। फेरि मोबाइलमा औंला दौडायो। कार्टुन कलाकारको आवाज फेरिएको सुनिन्छ। उसले कार्टुन हेरेकै मौकामा खाजा खुवाएर सकें। र मुख चुठाइदिएँ।

‘बाहिर जाऊँ न ममी’, ऊ हरेक दिन जसो भन्छ। ‘बाहिर कोरोनाको डर हुन्छ’, मेरो यही उत्तर हुन्छ। ऊ निराश हुन्छ। अनि उसलाई फकाउन बल निकाल्छु। उसलाई खेल्न लगाउँदै आफू पनि खेल्न थाल्छु। ऊ बल हान्छ। बिस्तारै ऊ हाँस्न थाल्छ। 

‘बाहिर जाऊँ न ममी’, ऊ हरेक दिन जसो भन्छ। ‘बाहिर कोरोनाको डर हुन्छ’, मेरो यही उत्तर हुन्छ। ऊ निराश हुन्छ। अनि उसलाई फकाउन बल निकाल्छु। उसलाई खेल्न लगाउँदै आफू पनि खेल्न थाल्छु। ऊ बल हान्छ। बिस्तारै ऊ हाँस्न थाल्छ। 

हरेक दिनजसो बिहान मबाहिर नजिकैको पसलमा दूध लिन जाने गरको छु। उसले पछ्याउने गर्छ। र दूध पसलमा भेटिएका मान्छे देखेर ऊ तर्किन्छ।  ‘ममी टाढा उभिनु, कोरोना सर्छ’, मेरो हात समाएर टाढा बनाउन खोज्दै भन्छ। अन्य ग्राहक हाँस्न थाल्छन्। बच्चामा समेत कोरोनाको प्रभाव गहिरिएको सुनाउँछन् साहुजी। ठूलै मान्छे पनि त्रसित छन् भन्छन् एक ग्राहक। 

अर्को दिन तरकारी लिन जाँदा ऊ जान चाहेन। उसले घरमै टीभी हेर्‍यो। टीभी या मोबाइल भए ऊ घन्टौं भुल्न सक्छ। ‘ममी सेनिटाइजर लैजानु, नत्र कोरोना सर्छ’, उसले सेनिटाइजरको बोतल समाएर भन्यो। मलाई दियो। म बाहिर तरकारी लिन गएँ। फर्किंदा ऊ टीभीमा गहिरिएर हेरिरहेको थियो। हातको मोबाइल खोसेर च्यानल बदलिदिएँ। एक च्यानलमा समाचार आइरहेको थियो। 

‘कहिलेकाहीं समाचार पनि हेर्नुपर्छ’, उसलाई भनें।‘मान्छे मरेको समाचार मात्रै आउँछ ममी’, उसले भन्यो। म अवाक् भएँ। म केही बोल्न सकिनँ। साँच्चै दोस्रो चरणको लकडाउनमा सामाजिक सञ्जालदेखि टीभीका स्क्रिनसम्म दैनिक सयौंंको संख्यामा मानिस मरिरहेका समाचार आइरहेका थिए। जो सत्य थियो। 

समाचार सुनिरहँदा टीभीको स्क्रिनमा नेताहरु बिना मास्क कुरा गरिरहेका थिए। मन्त्री तथा नेताहरु मास्कबेगर यताउता गरिरहेको दृश्य देखेर ‘यिनीहरुले मास्क किन नलगाएका ममी?’ भन्यो। ‘लगाउँछन्’ भनें।  नेता तथा मन्त्री बिना मास्क बोलेको देखेर फेरि उसले सोध्यो, ‘नेताहरुले मास्क लगाउनु पर्दैन ममी?’ ‘लगाउनुपर्छ नि’ भनें मैले। उसले फेरि प्रश्न गर्‍यो, ‘हामीलाई मास्क लगाऊ भनेर आफूहरु लगाउँदैनन्। यिनीहरुलाई कोरोना सर्दैन?’ ‘सर्छ नि ! मिटिङमा भएर मास्क खोलेका हुन्।’  ‘तर मिटिङमा यति नजिक बस्यो भने त कोरोना सरिहाल्छ नि है ममी?’ उसले सोध्यो। 

‘अँ।’ भनें।  ‘ममी यो बन्दका बेला यिनीहरु किन घर बाहिर जान्छन्?’  ‘कामले जान्छन्।’  ‘अनि तपाईंचाहिँ किन काममा नगएको त?’ 
‘मेरो बन्द छ।’ ‘हामीलाई घरमा बसालेर यिनले मात्रै काम गर्न मिल्छ ममी?’ ‘मिल्दैन।’ उसको दिमागमा यतिखेर केवल प्रश्न जन्मिइरहेका छन्। ऊ प्रश्नमाथि प्रश्न गर्न चाहन्छ। तर लगातार उत्तर दिन कहाँ मुड हुँदोरहेछ र ममीको?

‘ल तिमी एकछिन पढ।’ टीभी बन्द गर्दै भन्छु। झोलाबाट उसका किताबकापी निकालेर दिन्छु। ड्रइङ बनाउ भन्छु। ऊ बनाउन भुल्छ। 
म बिस्तारा मिलाउन थाल्छु। ऊ आएर बिस्तारा मिलाउन खोज्छ। तिमीले जान्दैनौ भन्छु। तर ऊ मान्दैन। आमाछोरा भएर मिलाउँछौं। फेरि उसलाई चित्र बनाऊ भन्छु। ऊ चित्र बनाउन भुल्छ। म तरकारी काट्न भुल्छु। तब ऊ फेरि तरकारी काट्न आइपुग्छ। 

ऊ जुरुक्क उठेर भन्छ, ‘अब स्कुल जाँदा जहिले मास्क लगाएर जाने हुँ, अनि कोरोना लाग्दैन है ममी।’ अँ भन्दै तरकारी धुन्छु। पकाउँछु। कपडा धुनलाई कपडा भिजाउँछु।  ऊ ट्वाइलेट जान खोज्छ। ट्वाइलेट गर्दै सोध्छ, ‘ममी हाम्रो स्कुल कहिले लाग्छ?’ 

‘ममी मास्क नलगाए कोरोना कसरी सर्छ?’  उसलाई बुझ्ने गरी सम्झाउँछु। अनि उसले बुझेझैं गर्छ। ऊ जुरुक्क उठेर भन्छ, ‘अब स्कुल जाँदा जहिले मास्क लगाएर जाने हुँ, अनि कोरोना लाग्दैन है ममी।’ अँ भन्दै तरकारी धुन्छु। पकाउँछु। कपडा धुनलाई कपडा भिजाउँछु।  ऊ ट्वाइलेट जान खोज्छ। ट्वाइलेट गर्दै सोध्छ, ‘ममी हाम्रो स्कुल कहिले लाग्छ?’ 

भोलिपर्सि भन्छु। तर कहिले लाग्ने टुंगो छैन। पछि थाहा हुन्छ भन्छु। स्कुल नगएको पनि कत्ति भयो है ममी?’ भन्छ ऊ।  अँ भन्छु। उसको दिसा धोइदिन्छु। ऊ कपडा लगाइदिन्छु। तर ऊ कपडा धुन खोज्छ। तिमी सक्दैनौ भन्छु। ऊ बाहिर आएर फेरि चित्र बनाउन भुल्छ। 

‘ममी मम बनाउनु न’, भन्छ ऊ। भोलि बनाएर खुवाउँछु भन्छु। मान्दैन। आजै बनाउनु न भन्छ। उसलाई खाजा खाने बेला बनाउँछु भनें। उसले हुन्छ भन्यो।  ‘ममी बाहिर घुम्न कहिले जानें? उसले भन्यो।  ‘कोरोना कम भएपछि।’  ‘कहिले हुन्छ?’  ‘भोलिपर्सि।’ ‘घुम्न पनि भोलिपर्सि जाने है ममी?’  हस्। कहाँ जाने घुम्न दीपु?’  ‘जु ! (एकछिन सोचेर) ममी अनिमललाई कोरोना लाग्छ कि नाइँ?’ 

‘लाग्दैन?’  ‘त्यसो भए जु जाने है।’  ‘हुन्छ।’  पूरा दिन उसकै प्रश्नहरुको उत्तर दिनुपरेको छ यतिखेर मलाई। कुनैकुनै प्रश्नका उत्तर उत्तिनैखेर नपाउँदा भने साहै्र निराश हुन्छु म स्वयं। र ऊ पनि निराश हुन्छ। बच्चाहरु यति जिज्ञासु हुनेरहेछन भन्ने थाहा पाउदै थिएँ। लकडाउनअघि आफ्नै छोरोको नजिक हुन पनि म पाहुनाजस्तो हुनुपरेको थियो। 

‘सुपर मार्केट कहिले खुल्छ ममी?’  ‘किन?’ ‘तपाईंसँग सपिङ गर्न जाने?’  ‘के किन्ने छोरोले?’  ‘किटक्याट, चिजबल, भिटामिन, बिस्कुट, बल, बन्दुक, केके …।’ ऊ आफुले किन्नुपर्ने सामान सम्झिुसम्झी भनिरहन्छ।  अपराह्न ऊ दैनिक अनलाइन कक्षामा भुल्छ। केही होमअर्क गर्छ। र दिनमा एकछिन सुत्छ। त्यही बेला म अनलाइन मिटिङमा भुल्छु। केही छिन सामाजिक सञ्जाल हेर्छु। उसको दैनिकी स्कुल र घरमा बित्थ्यो। पछिल्लो लकडाउनपछि उसको दैनिक घरमा सीमित छ। र उसको मनमिल्ने साथी म भएको छुु। साँच्चै लकडाउनका कारण छोरोको मन मिल्ने साथी भएको छु। 

उसको भात माग्न बोली फुटेपछि म यति नजिक हुन पाइनँ मैले। सामाजिक संस्थामा काम गर्ने भएकाले भ्याली बाहिर महिनौंसम्म रहनुपर्थ्याे। फिल्ड पनि बाहिर थियो। उसको हेरचाह गर्नु। स्कुल पुर्‍याउनु। स्कुलबाट ल्याउनु। होमअर्क गराउनु। इत्यादि काम सबै सहयोगी दिदीले गर्थिन्। लकडाउन लम्बिने डरले उनी गाउँ गइन्।  त्यसपछि त हो हामी आमाछोरा मात्रै घरमा।  

छोरासँग यति लामो समय बिताएको पहिलोपटक थियो। आमाछोराका औंसीपुर्नेमा झैं भेट हुन्थ्यो। तर यतिखेर दीपु प्रश्नकर्ता जस्तो भएको छ। सबै प्रश्नको उत्तर दिएँ भने ऊ खुसी हुन्छ, बल खेल्न, घरिघरि लुकिछपी खेल्न सहभागी भएपछि ऊ खुसी हुन्छ।

छोरासँग यति लामो समय बिताएको पहिलोपटक थियो। आमाछोराका औंसीपुर्नेमा झैं भेट हुन्थ्यो। तर यतिखेर दीपु प्रश्नकर्ता जस्तो भएको छ। सबै प्रश्नको उत्तर दिएँ भने ऊ खुसी हुन्छ, बल खेल्न, घरिघरि लुकिछपी खेल्न सहभागी भएपछि ऊ खुसी हुन्छ। उसको खुसी यसरी नजिकबाट हेर्ने अवसर जुराइदियो यो लकडाउनले। 

अघिल्लो लकडाउनमा ऊसँग खेल्न पाइनँ। बाहिर भएकाले। तर यसपालि छोरोसँग ४२ दिन बिताएँ। थाहा छैन अझ कति दिन लकडाउन लम्बिने हो। जसका कारण म घरमा हुनेछु। छोरोसँग।  उसलाई राम्रो स्कुलमा हालेर, उसको हेरविचारमा मान्छे खटाएर म काम काम भनेर कुदिरहें। ऊसँग साँझ र बिहान फोनमा कुरा हुन्थ्यो। तर त्यति बोल्दैनन्थ्यो। 

आज लकडाउनले दिएको बन्दाबन्दीमा छोराको प्रश्नहरुको उत्तर दिन पाएकी छु। छोरासँग खेल्ने, उसको प्रश्नको जवाफ दिन मसँग प्रशस्त समय छ। कहिलेकाहीं घरमा पुग्दा उसलाई आफूसँग सुताउन कर गर्नुपथ्र्यो। सुतिहाल्यो भने बिहान ऊ नउठ्दै छोडेर हिँड्नुपथ्र्यो। मिटिङका लागि घन्टौं फोनमा झुन्डिनुपर्थ्याे। अहिले ऊ मसँगै सुत्ने मसँगै उठ्ने र नयाँ नयाँ कथा सुन्ने गर्छ। अघिपछि मलाई नखोज्ने छोरोले राति सुत्नुअघि मलाई खोज्छ। उठ्नेबित्तिकै मलाई खोज्छ। छोराको अनुहारमा खुसीको सीमा छैन। मलाई लाग्छ, यसरी सधैंभरि सँगै बस्न पाए छोरो कत्ति खुसी हुन्थ्यो होला। 

कोभिड–१९ले कामकाजी महिला र उनीहरुका बच्चाहरुमा थप माया र स्नेह बाँड्ने अवसर दिएको छ। यति बेला मसँग मेरो छोरोलाई पुग्ने गरी समय छ। अहिले उसका लागि मन पर्ने खाना पकाएर खुवाउन पाएकी छु। उसको बालमनोविज्ञान बुझ्ने अवसर पाएकी छु। 

दुई वर्षदेखि उसलाई पटकपटक छोडेर जानु मेरो पनि बाध्यता थियो। म मिटिङ, गोष्ठी र फिल्ड भन्दै हिँड्थें। अबेर साँझ घर पुग्दा बाबु सुतिसकेको हुन्थ्यो। उसलाई उठाएर आफैंसँग सुताउथें। ऊ निद्रामा बरबराउँथ्यो, ‘जानु मिटिङमा जानु मिटिङमा।’ यो बन्दाबन्दीमा छोरोसँग म छु। जसका कारण ऊ खुसी छ। 

कोभिड–१९ले कामकाजी महिला र उनीहरुका बच्चाहरुमा थप माया र स्नेह बाँड्ने अवसर दिएको छ। यति बेला मसँग मेरो छोरोलाई पुग्ने गरी समय छ। अहिले उसका लागि मन पर्ने खाना पकाएर खुवाउन पाएकी छु। उसको बालमनोविज्ञान बुझ्ने अवसर पाएकी छु। 

अहिले मसँग समय प्रशस्त छ तर उसलाई घुमाउन लैजाने ठाउँ छैन। घुम्नलाई बाहिर जाने भनेपछि हुरुक्कै हुन्थ्यो। तर बाहिर जाने अवस्था नै छैन। 

भित्ताको घडीले आफ्नै गतिमा टिकटिक गरी समय दिई रहेको छ। घडिको काम समय दिने हो। क्यालेन्डरमा दिन बिराएर अंक फेरिएको छ। तर २४ सौ घण्टा घरमै बस्नुपरिरेको छ। बसेर गर्नुपर्ने थुप्रै काम पूरा भएका छन्। अध्ययन गर्ने, सिनेमा हेर्ने, विभिन्न धार्मिक प्रवचन सुन्ने, सफा गर्ने, फूलमा पानी हाल्ने। करेसामा तरकारी गोडमेल गर्ने आदि काम आमाछोरा भएर गरेका छौं। त्यो भन्दा पनि महत्त्वपूर्ण म ऊसँग रहनु भएको छ। सोचिरहेकी छु :  कोरोना न्यून हुनेबित्तिकै छोरासँग कतै रमाइलो ठाउँमा घुम्न निस्किनुपर्ला। – नेपालसमय