अछाम । नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वारले युवा नेता बिनोद कुमार थापालाई आज स्वागत गरेका छन् । बीपी स्मृती भवन मंगलसेनमा आज एक कार्यक्रमका बिच सभापती स्वाँरले थापालाई खाँदा र अबिर लगाएर स्वागत गरेका हुन् ।
थापा नेपाली कांग्रेस प्रबेश गरेपछि पहिलो पटक अछाम आएको बेला सभापती स्वाँरले स्वागत गरेका हुन् । थापाले यसअघि अमेरिका भएको बेला नेपाली कांग्रेस प्रबेश गरेका थिए । थापालाई सभापती स्वाँरले नै पार्टी प्रबेश गरेको सदस्यता दिएका थिए ।
सभापती स्वाँरले थापालाई स्वागत गर्दै भने तपाई जस्ता युवाको खाँचो अछामलाई छ जिल्लामै बसेर समाजका लागि काम गर्नुस् । कांग्रेसले अब युवाहरुलाई अघि सार्ने र नेतृत्व दिलाउन सहयोग गर्ने भन्दै सोही अनुसार सक्रिय हुन आग्रह गरे ।
मंगलसेन नगरपालिका बस्ती घर भएका थापा रोजगारीको सिलसिलामा अमेरिकामा बस्दै आएका छन् । नेता थापाले पनि अब अछामको विकास निर्माण र समाज परिर्वतनमा लागि जिल्लामै बसेर समाजसेवा गर्ने बताए ।
नेपाली कांग्रेस पार्टीमा सक्रिय र समाज र जनताका लागि का मगर्न अब आफु अछाममै रहने उल्लेख गरे । स्वागत कार्यक्रममा कांग्रेस अछामका सहसचिव तथा प्रवक्ता बेदप्रकाश तिमिल्सैना, युवा नेता बम स्वाँर, पुष्प बिष्ट लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया