मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य थापा कांग्रेस प्रबेश

पूर्व प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य थापा कांग्रेस प्रबेश


‘पत्रकारीता जगत मार्फत सामाजिक क्षेत्रमा एक अमिट छाप बनाएका थापाको कांग्रेस प्रबेशलाई पार्टीले कसरी लिन्छ त्यो हेर्न बाँकी नै छ’

अछाम – अछामी पत्रकारिता आन्दोलनका अगुवा , तत्कालीन एमाले निकट प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य तथा सेती अञ्चल इन्चार्ज बिनोद कुमार थापा नेपाली कांग्रेस प्रवेश भएका छन । थापाले एमाले माओवादी एकीकरण अघि नै पहिले एमाले पार्टी छोडेको घोषणा गरेका थिए ।

थापाले पनि आफुले नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमा रसिद सहित स्टाटस सार्वजनिक गरेका छन् । नेकपा बाट जनता आजित भईसकेको भन्दै थापाले आफु कांग्रेस प्रवेश गरेको बताए । नेकपा भित्र ठग र दलाल मात्र रहेको भन्दै कांग्रेस प्रवेश गरेको उनको भनाई छ।

नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति भरत कुमार स्वाँरले पनि थापा कांग्रेस प्रबेश गरेको पुष्टी गरे। केही समय पछि स्वदेश फर्केर सामाजिक क्षेत्रमा क्रियाशिल रहने भन्दै थापाले राजनितिलाई समाजसेवाका रुपमा अघि सारेर व्यावहारमै देखिने गरी काम गर्ने प्रण लिएको बताए । भाषण र बोली मात्रै नभई जनजिवीकाका सवालमा खटेर काम गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ।

थापाको कांग्रेस प्रबेशले नेकपामा ठुलो क्षति हुने आँकलन गरिएको छ । तत्कालिन एमालेलाई रणनीतिक रुपमा सहयोग गर्दै आएका थापा सहित पुरै परिवारको पार्टीमा महत्त्वपूर्ण योग्दान रहेको मुल्यांकन गरिन्छ । थापाको पार्टी परिर्वतनलाई अछाम जिल्लामा महत्त्वपूर्ण परिघ’टनाको रुपमा हेरिएको छ । जनस्तरमा बलियो पकड भएका थापा पार्टीमा आउँदा कांग्रेसका नेता कार्यकर्ता निकै उत्साहित भएका छन ।

थापाको राजनितिक पृष्ठभुमी

अनेरास्वबियू कैलाली अध्यक्ष देखि प्रेस चौतारीको केन्द्रिय सदस्य सम्म पुगेका विनोद थापा साविकको बस्ती गाविसमा दुइ पटक गाविस अध्यक्ष निर्वाचित लालबहादुर थापाका छोरा हुन् । निमावीको प्रधानाध्यापक बाट राजनीतिमा आएका उनका बुबा तत्कालिन नेकपा एमालेको अछाम जिल्ला कमिटी सदस्य र पछि सल्लाहकारको भूमिकामा थिए । थापा परिवारको राजनितिक पृष्ठभुमी गाविस देखी जिल्ला तह सम्म फैलिएको छ ।

तत्कालिन समयमा अखिलको कैलाली धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसको अध्यक्ष हुने कुरा चानचुने थिएन थापालाई, पार्टीमा गरेको योगदान देखि सक्रियाताका आधारमा थापा सान उमेरमा सुदुरपश्चिमको अगुवा क्याम्पसको अध्यक्ष भएका थिए । थापाका बुवा छोराकै पार्टीको जिल्ला तहको नीति निर्माण तहमा ठुलो योग्दान छ । २०७० को संविधान सभा निर्वाचनमा प्रचार प्रसारको कमान्ड सम्हालेका थापाले अछाम २ नम्वर निर्वाचन क्षेत्रका तत्कालीन एमाले उम्मेदवार भरत साँउदलाई जिताउनमा महत्वपूर्ण भुमिका निवार्ह गरेका थिए ।

सामाजिक क्षेत्रमा समेत क्रियाशिल भएका थापाको जनस्तरमा समेत मजबुत पकड भएको ब्यक्तिका रुपमा लिईन्छ । अछाम पत्रकारिता जगतको क्षेत्रमा उल्लेख योगदान पुर्याउने थोरै व्यक्तीमा बिनोद थापाको नाम आउछ । रेडियो नेपाल, अन्नपूर्ण पोष्टमा काम गर्दै जिल्लामा पहिलो सामुदायिक रेडियो रामारोशनको स्थापना गर्ने मुख्य ३ जना भित्र थापा पर्दछन् ।

तत्कालिन प्रेस चौतारी अछामका नेताका रुपमा रहेका थापाले जिल्लामा पत्रकार जन्माउन समेत ठुलो भुमिका खेलेका छन् । पत्रकारीता जगत मार्फत सामाजिक क्षेत्रमा एक अमिट छाप बनाएका थापाको कांग्रेस प्रबेशलाई पार्टीले कसरी लिन्छ र उनलाई कस्तो जिम्मेवारी दिन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ ।