‘के तपाईं आफ्नो श्रीमानले जत्तिकै कमाउनु हुन्छ ?’ विश्वभरिका ४५ देशका सरकारहरूले संकलन गरेको तथ्यांकअनुसार अधिकांश महिलाहरूले यस प्रश्नको उत्तर ‘नो’ मा दिएका छन् ।
यस अध्ययनमा ४५ फरक–फरक देशहरूमा सार्वजनिक रूपमा उपलब्ध तथ्यांकको सहयोगमा सन् १९७३ देखि २०१६ सम्मका महिलाहरूको आयको अनुसन्धान गरिएको छ ।
यो विश्वभरको पहिलो सर्वेक्षण हो । जसमा महिला र उनीहरूका श्रीमानको कमाइको तुलना गरिएको छ ।
भारतीय प्रबन्धन संस्थान (आईआईएम) बैंगलोरमा सेन्टर फोर पब्लिक पोलिसीका प्रोफेसर हेमा स्वामीनाथन र प्रोफेसर दीपक मलगनसहित अन्य शोधकर्ताहरूले १८–६५ उमेरका दम्पतीहरूबिच २८.५ लाख घरमा श्रीमान र श्रीमतीको कमाइको तुलनात्मक अध्ययन गरेका थिए ।
घरभित्र ठुलो असमानता
प्रोफेसर स्वामीनाथन भन्छन्, “सामान्यता घरमा समानता हुन्छ र आय समान रूपमा विभाजित हुन्छ भन्ने सोचिन्छ । तर, वास्तवमा घरभित्र ठुलो असमानता हुन्छ र हामी यसलाई सबैसामु ल्याउन चाहन्थ्यौँ ।”
यो सर्वेक्षणमा एउटा घरलाई कालो बक्सको संज्ञा दिइएको छ । भारतीयहरूमा लैंगिक असमानता र सामान्यता कार्यक्षेत्रमा महिलाहरूको संख्या कम छ । भएपनि फुलटाइम गर्ने बिरलै छन् ।
तर, अनुसन्धानकर्ताहरू भारतबाहेक विश्वव्यापी स्थितिको अनुसन्धान गर्न चाहन्थे । प्रोफेसर मलगन भन्छन्, “उदाहरणको रूपमा नार्डिक देशहरू (नर्वे, डेनमार्क, स्वीडेन, फिनल्यान्ड र आइसल्यान्ड) लाई लैंगिक असमानताका लागि प्रत्याशित रूपमा हेरिन्छ । तर, के ती देशहरूको वास्तविक स्थित के छ ? के त्यहाँका घरहरूमा कार्य विभाजन र पैसाको बराबरी विभाजन हुन्छ ?
सर्वेक्षणको नतिजाका अनुसार, लैंगिक असमानता संसारभरिमा हरेक समय छ र धनी अनि गरिब हरेक घरमा छन् ।
सर्वेक्षणको नतिजाअनुसार यदि श्रीमान र श्रीमती दुवै घरबाहिर काम गर्छन् भने चाहे धनी देश होस् वा गरिब देश, यस्तो कुनै देश छैन जहाँ श्रीमान र श्रीमतीले बराबर कमाइ गरेको होस् ।
लैंगिक असमानता कम भएका नार्डिक देशहरूमा पनि कमाइमा महिलाहरूको हिस्सा ५० प्रतिशतभन्दा कम छ ।
महिलाहरूले कम कमाउनुको कारण सबै देशमा एउटै
महिलाहरूले कम पैसा कामउने केही कारणहरू हरेक देशमा एउटै छन् । जस्तै कि पुरुषलाई लगभग हरेक संस्कृतिमा दुई छाक कमाउनेको रूपमा र महिलालाई घर सम्हाल्ने व्यक्तिको रूपमा लिइन्छ ।
धेरै महिलाहरूले आमा बन्नेबित्तिकै काम बाट ‘अनपेड’ वा ‘पेड’ ब्रेक लिन्छन् । यसका साथै एउटै कामका लागि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरिन्छ ।
धेरैजसो ठाउँमा घर हेर्ने, घरका बालबच्चा अनि वृद्धवृद्धाहरूलाई स्याहार्ने जिम्मेवारी महिलाहरूको हुन्छन्, जुन कामका लागि उनीहरूलाई पैसा दिइन्न ।
अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २०१८ को एक रिर्पोटअनुसार विश्वव्यापी रूपमा महिलाहरू पारिश्रमिक नमिल्ने घरको काम घण्टाको ७६.२ प्रतिशत पूरा गर्छन्, जुन पुरुषको तुलनामा तीन गुणा कम हो । अझ एसिया र प्रशान्त क्षेत्रमा त यो अझै बढेर ८० प्रतिशत सम्म छ ।
यही कारण महिलाहरूलाई पारिश्रमिक आउने कार्यलयका काममा अघि बढ्न अनि फेरि फर्कन रोक्ने प्रमुख कारण हुन् ।
महिलाले कम कमाउनुको कारण अर्थसँग मात्रै नभई सामाजिक पाटोसँग पनि जोडिएको अनुसन्धानकर्ताहरू बताउछन् ।
यो फरकपनका कारण महिलाको आर्थिक सुरक्षा पनि प्रभावित बन्दै गएको प्रोफेस मगलन बताउँछन् । यसका कारण रिटायरमेन्टपछि आउने पेन्सनमा महिलाहरू कम हुन्छन् भने उनीहरूले निर्णय लिने क्षमतामा पनि ह्रास आउँछ ।
विस्तारै परिवर्तन हुँदै
रिर्पोटकाअनुसार केही सकारात्मक परिवर्तनले पनि विस्तारै ठाँउ लिइरहेको छ । धेरैजसो देशहरूमा कार्यालयहरूमा महिलाको संख्या विस्तारै वृद्धि भइरहेको छ ।
यसका साथै कति देशको महिलाको हित र अधिकारका लागि बनेका नीति नियम अनि ‘इक्वेल पे’ को नीतिले पनि यो असमानता कम हुँदैछ ।
तर, अझै धेरै कुरामा परिवर्तन ल्याउन जरुरी भएको अनुसन्धानकर्ताहरू मान्छन् । यसका लागि उनीहरू सरकारी पक्ष र समाजबाट नै धेरै कुरामा परिवर्तन आउनुपर्नेमा जोड दिन्छन् । बीबीसी हिन्दीबाट भावानुवाद
प्रतिक्रिया