मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका दुवै क्षेत्रमा सत्ता गठबन्धनको मनोनयन दर्ता

अछामका दुवै क्षेत्रमा सत्ता गठबन्धनको मनोनयन दर्ता


अछाम — अछामका दुवै क्षेत्रमा सत्ता गठबन्धनका दलहरूले मनोनयन दर्ता गरेका छन । निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम मन्त्री शेरबहादुर कुँवरले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश सभा ‘क’ मा कांग्रेस सुदूरपश्चिमका महामन्त्री मेघराज खड्का र प्रदेश सभा ‘ख’ मा नेकपा माओवादी केन्द्रका नेता झपट साउदले निर्वाचन अधिकृतको कार्यालय साँफेबगर पुगेर मनोनयन दर्ता गरेका हुन् ।

यता क्षेत्र नम्बर २ मा पनि सत्ता गठबन्धनका दलहरूले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाहले मनोनयन दर्ता गरेका छन् ।

प्रदेशसभाका लागि प्रदेश ‘क’ बाट नेकपा माओवादी केन्द्रका नेता अक्कल रावल र प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसका नेता मानबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।