काठमाडौं- काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ। बढ्दो सहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ। काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो।
यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरू सुक्न थालेका छन्। काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहाँस र सभ्यता सँग गाँसिएको छ।
उपत्यकाको रैथाने वस्ति अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुदैछ। सम्पन्न शहरको नाममा काठमाडौं उपत्यकाको कान्ला भित्ता ताछिएका छन्। अनाधिकृत रुपमा, इञ्जिनियरिङ अध्ययन विना भइरहेका यस्ता बस्ती विस्तारले पहिराको जोखिम बढाएको छ। – नेपालसमय






























प्रतिक्रिया