सुर्खेत – नेपाल–चीन सीमानामा पर्ने ११ नम्बरको सीमास्तम्भ भेटिएको छ । हुम्लाको नाम्खा गाउँपालिका ६ टाकुलेमा सीमास्तम्भ भेटिएको हो। हराएको भनिएको झण्डै ५८ वर्षपछि बुधबार सीमास्तम्भ भेटिएको हो। सीमा अनुगमनका लागि गएको टोलिले ११ नम्बर सीमास्तम्भ भेटिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा)ले जानकारी दिए। हिल्सा नाकाभन्दा झण्डै पाँच हजार दुर्इ सय मिटर उचाइमा सीमास्तम्भ…